मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपमा माओवादीले टुंग्यायो मन्त्री, अछामका झपट साउद मन्त्री बन्ने, आजै शपथको तयारी

सुपमा माओवादीले टुंग्यायो मन्त्री, अछामका झपट साउद मन्त्री बन्ने, आजै शपथको तयारी

सुदूर आज

धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए।

उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो।

धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ।