मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरआजकर्मी खड्का सहित १० जनालाई खेलकुद पत्रकारीता पुरुस्कार प्रदान

सुदुरआजकर्मी खड्का सहित १० जनालाई खेलकुद पत्रकारीता पुरुस्कार प्रदान


काठमाडौँ : सुुदूरआज डट्कम अनलाईन पत्रिकाका सम्पादक समेत रहेका पत्रकार पूर्ण बहादुर खड्कालाई खेलकुद पत्रकारीता पुरुस्कार प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०७९८० को खेलकुद पत्रकारीता प्रोत्साहन पुरुस्कार प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघ अछामका सचिव समेत रहेका खड्कालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच नगद रु २५ हजार सहित सम्मान पत्रले पुरस्कृत गरे ।

बिगत १ दशक भन्दा बढी देखि पत्रकारीता गरिरहेका खड्का युवा, खेलकुद, स्वास्थ्य लगायत सामाजिक तथा समसामयिक बिषयमा कलम चलाउछन् ।

खड्कालाई सुदूरपश्चिम प्रदेश तर्फबाट सो पुरुस्कार प्रदान गरिएको हो भने कर्णाली प्रदेशबाट ललित बहादुर बुढा, लुम्बिनी प्रदेशबाट बिजय नेपाल, गण्डकी प्रदेशबाट धन बहादुर गुरुगं, बाग्मती प्रदेशबाट सुवास बिडारी, मधेश प्रदेशबाट संजिव कुमार साह, कोशी प्रदेशबाट अर्जुन कुमार सुवेदी, समाबेशी दलित तर्फ पोखराका दिपक परियार, महिला तर्फ दैलेखका ज्योति कटुवाल पनि पुरुस्कृत भएका छन् ।

यस्तै देशभरीबाट ५० हजार पुरुस्कार राशी रहेका खेलकुद पत्रकारीता पुरुस्कार सिन्धुपाल्चोकका सिताराम कोईराला (सेतोपाटी) लाई प्रदान गरिएको छ ।