मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिले जनताका पक्षमा काम गर्नुपर्छ : एमाले केन्द्रिय सदस्य बोगटीको

जनप्रतिनिधिले जनताका पक्षमा काम गर्नुपर्छ : एमाले केन्द्रिय सदस्य बोगटीको

सुदूर आज

अछाम। नेकपा एमाले अछामले आयोजना गरेको आगामी आर्थिक बर्षको नीति तथा योजना, स्थानीय तहमा एमालेको घोषणपत्र र जनचाहाना विषयक अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथी रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बोगटीले जनताको मन जित्नेगरि जनप्रतिनिधिले काम गर्नुपर्ने बताए। जनप्रतिनिधि बाट आम नागरिकले धेरै अपेक्षा गरेको हुदा जनताको मनमा ठेस पुग्ने काम नगर्न एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

निर्वार्चित जनप्रतिनिधिले एकपछि अर्कोगरि जनताको पक्षमा कामगर्दै गएमा सरकारप्रतिको विश्वाशपनि नागरिकमा बढ्दै जाने उनको भनाई थियो । पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरुले राजनितिक आस्था भन्दा माथि उठेर जनप्रतिनिधिले काम गरेपछि जनता माझ लोकप्रियता बढ्दै जाने र एमालेले आगामी दिनमा थप पालिकाहरुमा जित हासील गर्ने विश्वाश ब्यक्त गरे ।

अहिले पार्टीका नेता र पार्टी बाट निर्वाचित जनप्रतिनिधि विच केही मतभेद रहेकोमा चिन्ता ब्यक्तगर्दै उहाले अब यस्ता स–साना मनमुटाव निमिट्यान्न पार्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टी र जनप्रतिनिधि विचको सम्बन्ध राम्रो भएमात्रै जनताको पक्षमा कामहुने भएकाले यस तर्फ पार्टीका जिम्मेवार ब्यक्तिहरुले ध्यान दिनुपर्ने बताए । पार्टी विभाजन भईसकेपछि एमाले पार्टीले क्षति ब्यहोरेको भन्दै उहाले त्यो क्षतिको परिपुर्ति गर्नका लागि भएपनी पुन एमालेले आम कार्यकर्तामा जागरण ल्याउनुपर्ने आवश्यक्ता रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसी, कमलबजार नगरपालिका उप प्रमुख सारदा कुवँर र बान्नीगढी जगयढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले आफ्नो पालिकामा भए गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले पार्टी र जनप्रतिनिधि विच तालमेल नमिलेको भन्दै आगामी दिनमा देखिएका मतभेद अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले कार्यक्रममा निकै महत्वपुर्ण सवालका बारेमा छलफल भएको र धेरै राम्रा सुझावहरु समेत प्राप्त भएको हुदा आएका सुझावलाई पार्टी निर्माणमा केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।

अछाम बहुमुखी क्याम्पसको हलमा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रदेश कमीटी सचिवालय सदस्य भरत साउद, कटक बहादुर साउद, भिम जानाला, चक्र बहादुर रावल, नन्द बहादुर कडायत सहित एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । पार्टीका उपाध्यक्ष बल बहादुर कुवँरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन एमाले अछामका जिल्ला कमीटी सचिव भिम रावलले गरेका थिए ।