मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जालमा आएका योजना छनोट भएका होईन सिफारिष मात्र गरिएको हो : माननिय शाह

सामाजिक सञ्जालमा आएका योजना छनोट भएका होईन सिफारिष मात्र गरिएको हो : माननिय शाह

सामाजिक सञ्जालमा अनावश्यक भ्रम नफैलाउन समेत माननिय शाहको आग्रह

सुदूर आज

अछाम : अछाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननिय पुष्प बहादुर शाहले सामाजिक सञ्जालमा योजनाका बिषयमा आएका टिकाटिप्पणी प्रति आफ्नो ध्यानाकर्षण भएका जनाएका छन् । केही व्यक्तीले वास्तिविकता नबुझेर सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम गरेको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

अछाम क्षेत्र नं। २ का पालिकाहरुका वडा तथा नगरबाट सिफारिषका आधारमा प्राप्त भएका योजनाहरुलाई मन्त्रालयमा पेश मात्र गरेको र उक्त योजनाहरु छनोट नभएको बताएका हुन् । योजनाहरु छनोटका लागि आफुले पहल कदमी गरी मन्त्रालयमा सिफारिष गर्दा समेत आलोचना भएको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

मैले त गाँउ समाजको विकासको लागि सिफारिषका आधारमा प्राप्त योजनाहरु छनोटका लागि पहल गरिरहेको छु तर कतियपले त्यसलाई फरक ढंगले हेरेको भन्दै दुखेसो गरे । कांग्रेस अछामका सभापती समेत रहेका शाहले थप योजनाहरु छनोटका लागि सिफारिष गर्नुपर्ने भए प्रक्रियामा आएर आफु वा सचिवालयमा जानकारी दिन समेत उनले आग्रह गरेका छन् ।