मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सरकार लागि परेको छ : परराष्टमन्त्री साँउद

मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सरकार लागि परेको छ : परराष्टमन्त्री साँउद

अहिलेको सत्ता गठबन्धन नभत्किने मन्त्री साँउदको प्रष्टोक्ती


अछाम : नेपाल सरकारका परराष्ट मन्त्री एनपी साँउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट परेका छन् । उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उल्लेख गरे । गठबन्धन भित्रका केहि कमि कमजोरी भए पात्र बदल्ने तर गठबन्धन नटुट्ने बताए ।

अछाम जिल्लाको चौरपाटी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै मन्त्री साँउदले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए । यो समयमा गठबन्धनलाई बदल्नु भन्दा पनि मुलुकलाई स्थिरता दिने र मुलुकलाई अगाडी बढाउने बाटोमा केन्द्रित भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । बेमौकामा गठबन्धन तलमाथी गरेर देशको पद्धतीका बारेमा जनतामा अन्यौल सृजना गर्न नहुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साँउदले २/२ महिना सरकार बदल्ने खेलमा लागे लक्षित क्षेत्र तर्फ सरकार अघि बढ्न नसक्ने बताए । सरकार बदल्ने बाटोमा भन्दा पनि मुलुक लाई अहिले स्थिरता र विकासको बाटोमा अघि लैजाने उपयूक्त समय भएको उनले बताए ।

एक अर्को प्रसंगमा बोल्दै मन्त्री साँउदले सुदूरपश्चिमका सबै परियाजनालाई गाभेर १० हजार मेघावाट परियोजना बनाएर भारतसंग बिद्युत व्यापार गर्न सके नेपालमा पानीमा ढुंगा होईन सुन भेटिन सुरु हुने दाबी गरे ।

नेपाल जलश्रोतको धनी देश भएकाले हरेक खोलानाला बाट बिद्युत उत्पादन गरी भारतमा मात्रै नभई बंगलादेशमा समेत बिधुत आपूर्ती गर्न सकिने र सरकार त्यसै दिशा तर्फ अघि बढेको समेत मन्त्री साँउदले बताए ।

परराष्ट्रमन्त्री एनपी साउदले चौरपाटि गाउपालिकाको नव निर्मित भवनबाट समाजको गती लाई सम्पन्नताको यात्रा तिर लिन सके मात्र यसको सार्थकता रहने बताए । जनताबाट निर्वाचित भएर आईसके पछि सेवाको भावना लिएर काम गर्नु पर्ने उनले बताए ।

सबै जनताको कल्याण गर्नु, सबै जनतालाई राहत पु¥याउनु र समग्र पालिकाको बिकासका गर्नु आफ्नो कर्तव्य सम्झेर काम गर्न उँहाले आग्रह गर्नु भएको छ । मन्त्री साउद छिल्लो समय युवाहरु बिदेश पलाएन हुने क्रम बढेकाले त्यो प्रबृती रोक्ने खालका योजना ल्याउन आवश्यक रहेको बताए । कृषिमा लगानी बढाउन नसकेसम्म कृषिमा करान्ती नहुने समेत उनले बताए ।

चौरपाटी गाँउपालिकाका अध्यक्ष भिम बहादुर साँउदको अध्यक्षतमा भएको भवन उद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्व सामाजिक सुरक्षा मन्त्री तथा नेकपा एसका केन्द्रीय सदस्य शेर बहादुर कुँवरले आफ्नो पलिकामा भएको नव निर्मित भवनको उदघाटन समारोहमा उपस्थित हुन पाउदा खुशी व्यक्त गरे । उनले पालिकाकाले कसैलाई पनि काखा र पाखा नगरी सबै नागरीकलाई समान खालको सेवा दिनु पर्ने बताए ।

अछाम जिल्लाकोे बिकासका लागि संघिय सरकारबाट आगामी आर्थिक वर्षका लागि साढे ३ सय करोड रकम बिनियोजन गरीएको उनले बताए । अछामा जिल्लाको समग्र विकासका लागि समग्र राजनैतीक एकताबद्ध भएर लाग्न आवश्यक रहेको समेत उनको भनाई थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोविन्द शाह, जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवर लगायतको सहभागीता रहेको थियो ।

गाउ पलिकाका अध्यक्ष भिम बहादुर साँउदले गाउपालिकाको नव निर्मित भवन निर्माण गर्ने सहयोग गर्नु हुने सबैलाइ धन्यबाद व्यक्त गरे । अध्यक्ष साउदले पालिकाको बिकास गर्नु आफ्नो मुख्य दायित्व भएकाले समग्र पालिकाको बिकासका लागि आफु प्रतिबद्ध भएर लाग्ने बताए । गाउपालिकामा शिक्षाको गुणस्तर पछि परेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

गाउपालिकाका उपाध्यक्ष सर देबि खड्काले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन प्रमुख प्रसासकीय अधिकृत धन बहादुर थापाले गरेका थिए ।