मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपहाडमा हवाई सेवा अनियमित, साँफेबगरमा १ महिना देखि अवरुद्ध

सुदुरपहाडमा हवाई सेवा अनियमित, साँफेबगरमा १ महिना देखि अवरुद्ध

साँफेबगरबाट धनगढी र नेपालगञ्ज नियमित हवाई उडान हुनुपर्ने यस क्षेत्रका नागरिकको माग


अछाम : सुदूरपश्चिमको राजधानी धनगढी देखि अछाम साँफेबगर सम्मको हवाई सेवा अवरुद्ध भएको छ । यस रुटमा बिगत १ महिना देखि हवाई सेवा अवरुद्ध भएको हो । यस्तै धनगढी देखि बझांग र बाजुराको कोल्टीको समेत हवाई सेवा अवरुद्ध छ ।

केही सयम बाहेक हप्ताको दुई दिन सोमबार र बिहिबार हवाई उडान भर्दै आएको समिट एयरले बर्खायामका कारण देखाई हवाई रोकेको बताएको छ । बिगत एक महिना देखि बर्खाको कारण हवाई सेवा नियमित हुन नसकेको समिट एयरका अछाम प्रतिनिधी तेज बहादुर कुवँरले बताए ।

तर यता हप्ताको एक दिन बाजुराको कोल्टी देखि नेपालगञ्ज उडान गर्नुपर्ने र बाजुरा देखि यात्रु नभएका कारण हवाई सेवा रोकिएको बुझिन् आएको छ । जसले गर्दा अछाम र बझांगको हवाई सेवा समेत अवरुद्ध भएको हो ।

अछाम र बझांगमा यात्रु भएपनि एक दिन बाजुरा देखि नेपालगञ्ज जहाज पठाउनु पर्ने र सो रुटमा यात्रु नहुदाँ हवाई सेवा रोकिएको बुझिएको छ । अर्को कारण नेपालगञ्ज देखि सिमिकोट हुम्लामा समेत सोही हवाईजहाजले उडान भर्ने र सो क्षेत्रमा मौसम खराब भईरहने भएकाले अन्य क्षेत्रको समेत हवाई सेवा अवरुद्ध हुने गरेको बताईएको छ ।

समिट एयरको आन्तरिक र मौसमका कारण नै हवाई सेवा अवरुद्ध भएको नागरिक उड्यन प्रााधिकरण साँफेबगरका प्रतिनिधी बरिष्ठ अधिकृत बिजय पट्टेलले बताए । समिट एयरको केहि अन्तरिक कारण र अर्को मौसमले समेत साथ नदिदा हवाई सेवा रोकिएको उने बताए ।

बिभिन्न कारण देखाई हवाई सेवा अनियमित हुदाँ यस क्षेत्रका जनताले भने सास्ती भोग्नुपरको छ । अछाम बाजुराका अन्य जटिल खालका बिरामीहरुलाई धनगढी नेपालगञ्ज रेफर गर्दा हवाई सेवा हुदाँ सहज हुने गरेको थियो तर सेवा अवरुद्ध हुदाँ १२ देखि १५ घण्टाको लामो यात्रा गर्दा बिरामीले अकालमै बाटोमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।

हवाई सेवा हुदाँ २० मिनेटमै अछाम देखि धनगढी पुगिन्थ्यो सेवा अवरुद्ध हुदाँ बिरामी देखि अन्य अत्वायश्क काम भएकाहरुलाई समेत असहज हुने गरेको नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए ।

नियमित हवाई उडान भए यस क्षेत्रका जनतालाई राहत पुग्नुका साथै पर्यटन र्पवद्धनमा समेत टेवा पुग्ने थियो तर त्यसो हुन नसेको उनको भनाई छ । नियमित हवाई उडानका लागि यस क्षेत्रका सरोकारवाला र जनप्रितिनिधीले पहल चाल्नुपर्ने अध्यक्ष खत्रीले बताए ।

धनगढी साँफेबगर र नेपालगञ्ज साँफेबगर नियमित हवाई उडान हुनुपर्ने यस क्षेत्रका नागरिकको माग रहेको छ । सुरु सुरुमा नेपाल बायु सेवा निगमले समेत केही समय यस क्षेत्रमा उडान् गरेपनि हाल अवरुद्ध छ ।