मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान कार्यक्रम जयगढमा सम्पन्न

काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान कार्यक्रम जयगढमा सम्पन्न


नमराज भण्डारी, बान्निगढी जयगढ ! नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम बान्निगढी जयगढ गाउँ पालिकाको जयगढ बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ कार्यसमितिका सभापति कर्णबहादुर ठकुल्ला को सभापतित्वतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।

जनताको जिवनस्तर माथि उकासने खालका काम गदै सोही खालको नितिनिर्माण गरि काम गर्न स्थानिय तहलाई अनुरोध गर्नु भयो। जनताको कामलाई शिरोपर गर्दै आवश्यक पहलकदमीलिन र काम गर्न सबै तहका नेता कार्यक्रतालाई एकमत भएर लाग्न अनुरोध गर्नु भएको छ ।

यश क्षेत्रको बिकासका लागि आफ्नो दल र सम्बन्धि निमायमा पहल गर्न बताउनु भयो । कार्यक्रममा प्रदेश कार्य सिमति सदस्य अनुराधा स्वार ,बेदप्रकाश तिमिल्सिैना ,रूपा आउजि अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बज्गाई,महासमिति सदस्य अर्जुन ताम्राकार ,जिल्ला सचिव टक्का शाहा , क्षेत्रीय सभापति कृण बुढा जिल्ला कोषाध्यक्ष बलबहादुर साउद पुर्व सचिव टेकबहादुर साउद पुर्व महाधिवेशन प्रतिनिधि तिलकबहादुर खत्री प्रवक्ता पदम शाह जिल्ला कार्य समिति सदस्य गोकुल भाट ,जनकराज भण्डारी ,कृष्ण खड्का,सुरत बहादुर कुवर ,रामबहादुर कुवर ,बिनोद थापा प्रदेश निर्वाचन क्षेत्रीय सभापति महेश खड्का नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्का नेपाल प्रेस यूनियनका जिल्ला उपाध्यक्ष नमराज भण्डारी निर्बाचित वडा अध्यक्ष पाटिका वडाकार्य समिति सभापति नगर तथा गाउँ प्रदेश निर्वाचन क्षेत्रीय समिति का पदाधिकारी लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।

कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य ,क्षेत्रीय समितिका पदाधिकारी सदस्य ,निर्वाचन क्षेत्र प्रदेश कार्यसमितिका पदाधिकारी प्रदेश प्रतिनिधि सदस्य नगर तथा गाउँ कार्यसमितिका पदाधिकारी सदस्य बडा कार्यसमितिका पदाधिकारी सदस्य तथा सुभेच्छुक संघ संस्थाका प्रमुख प्रतिनिधि लगाए पटिप्रति आस्थावान मानुभाव हरुको बाक्लो सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन खेमराज साउद संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य नवराज साउदले गर्नु भएको थियोे ।