मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी र नेतृत्वलाई झुट्टा आरोप नलगाउन कांग्रेस अछामको चेतावनी

पार्टी र नेतृत्वलाई झुट्टा आरोप नलगाउन कांग्रेस अछामको चेतावनी

दोषीलाई कारबाही र निर्दोष नफसुन भन्नेमा कांग्रेस दृढ़ संकल्पित रहेको भन्दै कानुनी शासनको सम्मान गर्न समेत अनुरोध


अछाम : नेपाली कांग्रेस अछामले संकाका भरमा पार्टी र नेतृत्वलाई कपोकल्पित र झुट्टा आरोप नलाउन आग्रह गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस अछामले पार्टी र नेतृत्वको नाम जोडेर असत्य, भ्रामक र अतिरन्जित गरेर नलेख्न चेतावनी दिएको हो ।

अछाम जिल्ला अदालतमा चलिरहेको एक मुद्धाका बिषयमा नेपाली कांग्रेस पञ्चदेवल बिनायकका नगर सभापति सज्जन बहादुर शाही अछाम जिल्ला अदालतबाट पुर्पक्षका लागि धरौटीमा छुटेको बिषयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य सुशीला मिश्र भट्टको नाम जोडेर केहि ब्याक्तीहरुले अतिरञ्जित सामाग्री सामाजिक संजालमा राखेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस अछामले विज्ञप्ती मार्फत जनाएको छ ।

नेपाली कांग्रेसको नाम जोडेर सामाग्री सामाजिक संजालमा भाम्रक तरिकाले लेख्ने, कमेन्ट गर्ने र लाईक गर्नेहरुका विरुद्ध कानुनी उपचार खोज्ने कार्यबाहक सभापती नयाँराम बजगाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । कांग्रेसको सांगठनिक सुदृढीकरण विशेष आन्तरिक अभियानलाई प्रभावित गर्ने गरि कुल्सित मनसायले सामाजिक संजालमा आएका मनगणन्ते धारणा आएको भन्दै कांग्रेस अछामले विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ ।

पार्टीको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार देशभर सुरु भएको अभियानलाई सफल पार्न अछाम जिल्लामा आउनु भएका केन्द्रिय प्रतिनिधिलाई झुट्टा आक्षेप लगाएको भन्दै कांग्रेस अछामले आपत्ती जनाएको हो ।

न्यायपालिकाले गरेका निर्णय र आदेश प्रति सम्मान रहेको भन्दै कांग्रेस अछामले कानुनी शासनमा न्यायमुर्तिले गरेको आदेशलाई अतिरन्जित गरि समाजमा अशान्ति फैलाउने र स्वतन्त्र न्यायलयका विरुद्ध सामाजिक संजालमा भ्रम सृजना गरेर जनताका नियमित कामकारबाहीमा बाधा पुग्ने गरि राजमार्ग, सार्वजनिक कार्यालय र स्थल अवरुद्ध गर्ने कार्य नर्गन समेत अनुरोध गरेको छ ।

अदालतमा विचाराधीन मुद्धालाई प्रभावित नगरी दोषीलाई कारबाही र निर्दोष नफसुन भन्नेमा कांग्रेस दृढ़ संकल्पित रहेको भन्दै कानुनी शासनको सम्मान गर्न समेत अनुरोध गरेको छ ।