मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अदालतको आदेश बिरुद्ध अराजक गतिबिधी गर्नु स्वतन्त्र न्यायलयको अवहेलना हो : नेविसंघ अछाम

जिल्ला अदालतको आदेश बिरुद्ध अराजक गतिबिधी गर्नु स्वतन्त्र न्यायलयको अवहेलना हो : नेविसंघ अछाम


अछाम : नेपाल बिद्यार्थी संघ अछामले समेत पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी सुशिला मिश्र भट्टको नाम जोडर सामाजिक सञ्जालमा आएका नकरात्मक टिका टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले पार्टीका आन्तरिक कामको सिलसिलामा खटिएका नेता र पार्टी सभापती शेर बहादुर देउवा माथि पूर्वाग्रही ढंगले तथ्यहिन तथा झुटा आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख गरेको छ ।

नेपाली कांग्रेस पञ्चदेवल बिनायक नगर कार्य समिती सभापती सज्जन बहादुर शाहीलाई पुर्पक्षका लागि धरौटीमा छोडने जिल्ला अदालतको आदेशको विषय लाई लिएर अनावश्यक टिकाटिप्पणी, अराजक गतिबिधी र आन्दोलन गर्नु स्वतन्त्र न्यायलयको अवहेलना भएको जिल्ला अध्यक्ष खेमराज खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अदालतको निर्णय बिरुद्ध आन्दोन गरि सड्क बन्द गर्नु र अराजक गतिबिधी गर्नु आम नागरिकलाई दुख दिने काम भएको र यस्ता अराजक गतिबिधी नगर्न नेबिसंघ अछामले आग्रह समेत गरेको छ । घट्नाको बिषयलाई लिएर सिंगो कांग्रेस पार्टी र पार्टीसंग आबद्ध नेता एवंम जनप्रतिनिधीलाई समाजिक संजालमा झुट्टा आरोप लगाउने काम बन्द गर्न समेत नेविसंघले चेतावनी दिएको छ ।

नेपाल बिद्यार्थी संघ सुरु देखि नै घट्नामा संलग्न जोसुकै होस् दोषीलाई हदैसम्मको कारबाही र निर्दोष फस्नु हुदैँन भन्ने कुरामा दृढ छ विज्ञप्तीमा भनिएको छ ।