मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई ३ तहकै सरकारले सहयोग गर्नुपर्छ : भट्ट

बयालपाटा अस्पताललाई ३ तहकै सरकारले सहयोग गर्नुपर्छ : भट्ट


नमराज भण्डारी । साँफेबगर । नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम क्षेत्रीय कार्य समिति ,प्रदेश सभा क्षेत्रीय निर्वाचन समिति र साँफे बगर नगर कार्य समितीको संयुक्त अन्तरक्रिया कार्यक्रम कार्यक्रम साँफे बगरमा सम्पन्न भएको छ ।

क्षेत्रीय कार्यसमितिका सभापति कृष्ण बहादुर बुढाको सभापतित्वतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधनका क्रममा नेत्री भट्टले समाजको आमूल परिवर्तनको लागि समाजमा जरागाडि रहेको सामाजिक कुसंस्कार र कुरितिको अन्त गर्दै समाजलाई आर्दशवान बनाउन नेपाली कांग्रेस का नेता कार्यक्रता एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।

यस्तै उनले बयालपाटा अस्पताललाई ३ तहकै सरकारले सहयोग गर्नुपर्नुपर्ने बताईन । निशुल्क स्वास्थ्य सेवा दिईरहेको अस्पताललाई सहयोगको खाचो रहेको बताईन ।

अछाम जिल्लाको मुख्य बापारिक केन्द्रमा रहेको साफेबगर विमान स्थल नियमित रूमा संचालन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनु भयाो । यश क्षेत्रको समग्र विकासका लागि अफनाो विबेकले भ्याय सम्म प्रदेश र संघिय सरकार संग पहल गर्ने बताउनु भयो ।

यश क्षेत्रका स्थानिय सरकारले ग्रामीण भेगका जनताको हितहुने ,आर्थक स्थितिमा सुधारहुने खालको नितिनिर्माण गरि काम गर्न स्थानिय तहलाई अनुरोध गर्नु भयो। जनताको कामलाई प्रमुख प्राथमिकतामा राख्दै आवश्यक पहलकदमीलिन र काम गर्न सबै तहका नेता कार्यक्रतालाई एकमत भएर लाग्न अनुरोध गर्नु भएयो ।

कार्यक्रममा जिल्ला कार्यसमितिका कार्य भाहक सभापति नयाँराम बजगाई पुर्व पाटि सभभापति नैन सिंह कडायत प्रदेश कार्य सिमति सदस्य अनुराधा स्वार ,बेदप्रकाश तिमिल्सिैना ,रूपा आउजी महासमिति सदस्य बलबहादुर कुवर , अर्जुन ताम्राकार ,पदमराज अधिकारी भगवती खनाल , जिल्ला सचिव टक्का शाहा ,प्रकाश साउद, जिल्ला सहसचिव दिनेश स्वार जिल्ला कोषाध्यक्ष बलबहादुर साउद पुर्व सचिव टेकबहादुर नेपाली कांग्रेसका नेता ध्वज बहादुर कुवँर साउद पुर्व जिल्ला कार्यसमिति सचिब टेकबहादुर कुबर महाधिवेशन प्रतिनिधि अब्सरा कुँवर , लक्ष्मी शाह, हर्षप्रसाद भट्ट प्रवक्ता पदम शाह जिल्ला कार्य समिति सदस्य गोकुल भाट ,जनकराज भण्डारी ,कृष्ण खड्का,सुरत बहादुर कुवर ,रामबहादुर कुवर ,बिनोद थापा मिना ढुंगाना,विमला कार्की मेल्लेख गाउँ पालिकाका उपाध्यक्ष नृप खड्का प्रदेश निर्वाचन क्षेत्रीय सभापति पदम खड्का नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्का नेपाल प्रेस यूनियनका जिल्ला उपाध्यक्ष नमराज भण्डारी निर्बाचित वडा अध्यक्ष पाटिका वडाकार्य समिति सभापति नगर तथा गाउँ प्रदेश निर्वाचन क्षेत्रीय समिति का पदाधिकारी लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।