मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका नेता कार्यकर्ता समाज परिर्वतनको सम्बाहक बन्नुपर्छ : केन्द्रीय सदस्य भट्ट

कांग्रेसका नेता कार्यकर्ता समाज परिर्वतनको सम्बाहक बन्नुपर्छ : केन्द्रीय सदस्य भट्ट


अछाम : नेपाली काङ्ग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत चौरपाटी गाउँपालिकाको चौरपाटी बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्यसमितिका सभापति देउमल खड्काको सभापतित्वतामा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिईन् ।

केन्द्रीय सदस्य भट्टले सामाजिक रुपान्तरणका लागी समाज परिवर्तनको अगुवाई गरिरहेका राजनैतिकर्मिहरूले गाउँ समाजको आमूल परिवर्तनको सम्बाहकको रुपमा काम गर्नुपर्ने बताईन । जनतालाई राज्यका निकायबाट प्रदान गरिने नागरिक सेवा सहज र सरल रुपमा प्राप्तिका लागि सामाजिक सम्वाहकको भुमिका खेल्दै सुचना र सहयोगीको जिम्मेवारी निर्वाह गर्न सबै नेता कार्यक्रता एकजुट भएर लाग्नुपर्ने बताईने ।

कार्यक्रममा जिल्ला कार्यसमितिका कार्य भाहक सभापति नयाँराम बजगाई निर्तमान पार्टी सभभापति भरत कुमार स्वार, प्रदेश कार्य सिमति सदस्य अनुराधा स्वार, महासमिति सदस्य भगवती खनाल, जिल्ला सचिव टक्कर शाह, क्षेत्रीय सभापति कृण बुढा, प्रवक्ता पदम शाह, जिल्ला कार्य समिति सदस्य गोकुल भाट, जनकराज भण्डारी, सत्य खड्का, पवित्रा देवि कुवरले मन्तब्य राखेका थिए ।

यस्तै चौरपाटी गाउँ पालिकाका अध्यक्ष भिमबहादुर साउद, उपाध्यक्ष सरदेवि खड्का, प्रदेश निर्वाचन क्षेत्रीय सभापति महेश खड्का, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्का, नेपाल प्रेस यूनियनका जिल्ला उपाध्यक्ष नमराज भण्डारी लगायत वडा अध्यक्ष, वडाकार्य समिति सभापति नगर तथा गाउँ प्रदेश निर्वाचन क्षेत्रीय समितिका पदाधिकारी लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए । भरत विकले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कल्लान सिह थापाले राखेका थिए ।