मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३६औं विश्व एड्स दिवस: विश्वमा हरेक दिन थपिन्छन् ३ हजार ६०० एचआइभी संक्रमित

३६औं विश्व एड्स दिवस: विश्वमा हरेक दिन थपिन्छन् ३ हजार ६०० एचआइभी संक्रमित


काठमाडौं– आज (शुक्रबार) ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। 

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।

सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा संक्रमण भएको छ। संक्रमणका कारण ४ करोड ४ लाख जनाको मृत्यु भइसकेको छ। विश्वमा हरेक दिन ३ हजार ६०० मानिस एचआइभी संक्रमित हुने गरेका छन्।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन १ जना एचआइभीबाट संक्रमित हुने गरेको तथ्याङ्क छ।