मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूवा नेता राजन कुवँरको कारबाही फुकुवा गर्न कांग्रेस कार्यकर्ताको माग

यूवा नेता राजन कुवँरको कारबाही फुकुवा गर्न कांग्रेस कार्यकर्ताको माग


अछाम स् नेपाली कांग्रेस अछामका यूवा नेता महासमिती सदस्य राजन कुवँरको कारबाही फुकुवा गर्न पार्टीका कार्यकर्ताले माग गरेका छन् ।

नेसिबंघ देखि पार्टीको राजनितिमा सक्रिय नेताको कारबाही फुकुवा गर्न कार्यकर्ताले माग गरेका छन् । राजन दाईले नेविसंघ देखि हा महासमिति सदस्य हुदाँ सम्म जिल्लामा पार्टीलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका खलेका छन् एक कार्यकर्ताले भने उहाँको कारबाही फुकुवा हुनु पर्छ ।

महासमिती सदस्य रहेका युवा नेता कुवँरको प्रतिनिधी सभा चुनाव २०७८ मा स्वतन्त्र उम्मेद्धारी दिएको भन्दै पार्टीले उनलाई कारबाही गरेको थियो । तर युव नेता कुवँर भने आफुले पार्टी र कार्यकर्ताको मर्म अनुसर जिल्लामा पार्टी जोगाउन उम्मेद्धारी दिएका बताएका थिए ।

गठबन्धन गरेर पार्टीका कार्यकर्ता र मतदातालाई अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगाएको भन्दै आफुले उम्मेद्धारी दिएको उनको भनाई छ । नेता कुवँरले फेसबुकमा स्टाटस् लेख्दै भनेका छन् ईतिहासले भोली निर्मम समिक्षा गर्नेछ कसले सत्ताको लागि सिद्धान्त बेच्यो र कसले सिद्धान्तका लागि लडाई लड्दा कारबाही भोग्यो ।

देशका बिभिन्न जिल्लामा कारबाही भएका नेताहरुको कारबाही फुकुवाका लागि क्षेत्र तथा जिल्ला बाट सिफारिस भई कारबाही फुकुवा भईसक्दा पनि अछाम जिल्लामा भने नेता कुवँरको कारबाही हाल सम्म फुकुवा भएको छैन् ।