मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा निर्वाचन: अछामबाट स्वार सहित सुपबाट काँग्रेसका ८२ जनाको नाम सिफारिस

राष्ट्रिय सभा निर्वाचन: अछामबाट स्वार सहित सुपबाट काँग्रेसका ८२ जनाको नाम सिफारिस


धनगढी : सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम राष्ट्रिय सभा निर्वाचनका लागि पठाइएको छ। नेपाली काँग्रेस प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नामावली सिफारिस गरी पठाएको हो।

जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको छ। सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी.इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो।

उनीहरूको रिक्त हुने स्थानमा पदपूर्तिको लागि नेपाली काँग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस गरेको छ। सबैभन्दा बढी कैलाली जिल्लाबाट १६ जनाको नाम सिफारिस गरिएको छ। रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ। तर सत्तारूढ गठबन्धन दलहरूबिच अझै सिट सङ्ख्या बाँडफाँटबारे ठोस निर्णय भइसकेको छैन। आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन्।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।