मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम

सुदूर आज

अछाम : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ ।

प्रतियोगितामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ ।

तेस्रो भएको मेल्लेख गाउँपालिकाले ४ स्वर्ण, २ रजत गरी गरी ६ अंक प्राप्त गरेको गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काले जानकारी दिए । 


यस्तै चौथो भएको चौरपाटी गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ । मंगलसैन नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कास्य गरी १३ अंक, कमलवार नगरपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

रामारोशन गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य गरी ९ अंक, वान्नीगढी गयगढ गाउँपालिकाले १ स्वर्ण २ रजत गरी ३ अंक, तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ अंक र पुछारमा रहेको ढकारी गाउँपालिका भने स्वर्ण विहिन भएको छ । उसले २ कास्य मात्रै प्राप्त गरेको छ। 

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ ६ गतेबाट सुरु भएर आज सम्पन्न भएको हो ।  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएपछि कुराकानी गर्दै नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले प्रतियोगितामा खेलाडीहरुलाई अनुशासित भएर राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिए ।

उनले अव प्रदेश स्तरमा हुने खेलमा नगरपालिकाबाट उत्कृष्ट प्रर्दशनको लागि सहयोग हुने बताए । उनले नगर क्षेत्रमा सम्भावना वोकेका खेलाडीहरुको खोजि गर्ने समेत बताए ।