मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान्सर पीडित प्रेमद्वारा अस्पतालको शैया बाट सहयोगको अपिल 

क्यान्सर पीडित प्रेमद्वारा अस्पतालको शैया बाट सहयोगको अपिल 


अछाम:  पञ्चदेवल नगरपालिका वडा न . ५ लयाँटीका क्यान्सर पीडित प्रेम शाही अहिले उपचार अभावमा छटपटाइरहेका छन् ।विगत तीन महिना देखि काठमाडौँको भक्तपुर क्यान्सर अस्पतालमा उपचारको अभावमा छटपटाइरहेका हुन् ।

आर्थिक अभावकै कारणले  उपचारमा समस्या भएको बिरामीमा आफन्त सुरत शाहीले बताएका छन् । उनले भने, “परिवारको अवस्था पनि नाजुक छ, उपचार गर्दा गर्दा पाँच लाख बढी खर्च भैसकेको छ, अहिले दैनिक ४/५ हजार खर्च भइरहेको छ, अहिले सहयोग सङ्कलन गरिरहेका छौँ, कहाँबाट व्यवस्था गर्ने, समस्या भयो,पैसाको व्यवस्था भएको भए उहाँ बाच्नु हुन्थ्यो” आर्थिक अभावकै कारण उपचार नपाई अस्पताल शैयामा छटपटाइरहेका शाही जीवन र मरणको दोसाँधमा छन् ।

उनी अहिले मृत्यु सँग लडिरहेका छन् । आर्थिक अभावकै कारण जीवन मरणको दोसाँधमा रहेका शाहीले आफ्नो उपचारका लागी अस्पतालको शैयाबाटै हारगुहार गरिरहेका छन् । यता उनका आफन्तहरूले पनि सहयोग सङ्कलन गरिरहेका छन् । उनीहरूले विभिन्न सहयोगी निकाय सामाजिक अभियन्ता लगायतलाई भेटेर समस्या सुनाउनुका साथै उपचारका लागि हारगुहार गरिरहेका छन् ।

अहिले उनको उपचारमा पाँच लाख जति खर्च भैसकेको र दैनिक ४/५ हजार खर्च अहिले भइरहेको बिरामीका आफन्त जनक बुढाले बताए। उनका अनुसार यकिन अहिले नै अस्पतालले यति लाग्छ भनेर नभने पनि झन्डै २० लाख बढी खर्च लाग्न सक्ने अनुमान छ । अहिले सहयोग अभियान नै सञ्चालन गरेर उपचार खर्च सङ्कलन गरिरहेको उनको भनाई छ । 

सहयोग गर्न चाह नेहरुले आफन्तको सम्पर्क नम्बर ९८०३६८३६६८, र ९८४७२९६८९६ मा सम्पर्क गरी सक्दो सहयोगका लागि समेत आफन्तले अपिल गरेका छन् ।