मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैद्यनाथधाम कोटिहोमको आज ११ औ दिन, भक्तजनहरुको सहभागिता बढ्दै, आइतबार १० लाख दान संकलन

वैद्यनाथधाम कोटिहोमको आज ११ औ दिन, भक्तजनहरुको सहभागिता बढ्दै, आइतबार १० लाख दान संकलन


अछाम : फागुन १० गतेबाट सुरु भएको कोटिहोम महायज्ञमा भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । कोटिहोममा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले कथा वाचन गरिरहनु भएको थियो ।

नेपालका चार धाम मध्येको एक अछामको वैधनाथ धाममा संचालनमा रहेको कोटिहोम महायज्ञमा एक करोड ६३ लाख १९ हजार रुपैयाँ संकलन भएको छ। आईतवारसम्म ७३ लाख ९१ हजार खर्च भएकोमा ८९ लाख२८ हजार वचत रहेको छ ।

पालिकाहरुले गरेको निर्णय अनुसारको ३७ लाख आउन बाँकी रहेको छ। आईतबार चौरपाटी गाउँपालिका वडा नं.४ पायल टिमलटुक्रा निवासी सभानायक बनेका गोरखबहादुर कुँवरले १ लाख ३१ हजार ५ सय अर्का सभानायक साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी सभनायक बनेका जयन्द्रबहादुर कुँवरले १ लाख ११ हजार १ सय दान गरेका छन् |

चौरपाटी गाउँपालिका वडा नं.४ पायल काठेखेत निवासी सभनायक बन्नुभएका नैन सिंह कुँवर ५१ हजार रुपैया दान गर्नुभएको छ । आज मात्रै १० लाख भन्दा वढी दान संकलन भएको आर्थिक समितिका सदस्य नृपबहादुर कुँवर नेत्रको भनाई रहेको छ ।