मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामका बिभिन्न ३ पालिकामा बैठक सम्पन्न, चैत्र मसान्त भित्र वडा सम्मेलन गरिसक्ने निर्णय

कांग्रेस अछामका बिभिन्न ३ पालिकामा बैठक सम्पन्न, चैत्र मसान्त भित्र वडा सम्मेलन गरिसक्ने निर्णय


अछाम : नेपाली कांग्रेस अछामले जिल्लाका बिभिन्न पालिकाहरुमा बैठकहरुलाई तिव्रता दिएको छ । जिल्ला कार्य समितिको निर्णय अनुसार जिल्लाका १० वटै पालिकाका वडा सम्मेलन गर्ने निर्णय अनुसार सम्मेलन तय गर्न बैठकहरु चलिरहेका छन् । जस अन्र्तगत आज जिल्लाको तुर्माखाँद गाँएपालिका, पञ्चदेवल बिनायक नगरपालिका र बान्नीगढी जयगढ गाँउपालिकामा कांग्रेसको पालिका स्तरिय बैठक सम्पन्न भएका छन् ।

तिनै ठाउमा सम्पन्न बैठकले चैत्र ३० गते भित्र वडा सम्मेलन गरिसक्ने निर्णय गरेका छन् । बान्नीगढी जयगढमा रहेका ६ वडामा चैत्र २६ गते भित्र तथा तुर्माखाँद र बिनायकमा चैत्र ३० गते भित्र वडा सम्मेल न गरिसक्ने निर्णय भएको कांग्रेस अछामका प्रवक्ता पदम बहादुर शाहले बताए ।

यस्तै बैठकबाट पार्टीलाई बिद्यानत बुझाउनुपर्ने लेबि, सदस्यता नविकरण शुल्क र नयाँ सदस्यताका लागि शुल्क समेत अगामी बैशाख मसान्त भित्र जिल्ला कार्य समितिलाई बुझाईसक्नुपर्ने निर्णय समेत गरेका छन् ।

पञ्चदेवल बिनायक नगरपालिका कार्य समितिका सभापती सज्जन बहादुर शाहीको सभापतित्वमा भएको बैठकमा कांग्रेस प्रदेश कार्य समिती सहमहामन्त्री अम्बिका चलाउने प्रमुख अथिति रहेकी थिईन् । बैठककमा महासमिति कार्यबाहक सभापती नयाँराम बजगाई, सचिव प्रकाश साँउद, महासमिती सदस्य बल बहादुर कुवँर, पूर्व महाधिबेशन प्रतिनिधि अक्कल बिस्ट लगायतको सहभागिता रहेको थियो ।

बान्नीगढी जयगढमा गाँउपालिका कार्य समितिका सभापती कर्ण ठकुल्लाको सभापतित्वमा भएको बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य तथा महासमिती सदस्य अनुराधा स्वार प्रमुख अथिति रहेकी थिईन् भने बैठकमा महासमतिी सदस्य भुवनेश्वरी शर्मा, प्रवक्ता पदम शाह, जिल्ला सदस्य कृष्ण खड्का लगायतको सहभागिता रहेको थियो ।

यस्तै तुर्माखाँद गाँउपालिका कार्यसमितिका सभापती कबिराम बयकको सभापतित्वमा भएको बैठकमा महासमिती सदस्य पदमराज अधिकारी प्रमुख अथिति रहेका थिए भने बिशिष्ट अथिति कांग्रेस अछाम क्षेत्र नं. २ का सभापति पुष्पराज शर्मा रहेका थिए । यस्तै महाधिबेशन प्रतिनिधी नवराज चलाउने लगायतको सहभागिता रहेको थियो ।