मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशन प्रतिनिधिमा युवा नेता रामप्रसाद भाटको सशक्त दाबी

महाधिवेशन प्रतिनिधिमा युवा नेता रामप्रसाद भाटको सशक्त दाबी


नेपाली कांग्रेसका युवा नेता रामप्रसाद भाटले पार्टीको महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएको छ।

अछाम क्षेत्र नं. २ बाट समग्र युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने उहाँले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।

आगामी असोज १८ गते हुने नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी रहने बताउँदै भाटले पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई सहयोग र समर्थनका लागि आग्रह गर्नुभएको छ ।

अछाम क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन असोज १० गते हुने भएकाले आफू अहिले क्षेत्रीय अधिवेशनको तयारीमा केन्द्रित रहेको भाटले बताउनुभएको छ । उहाँले क्षेत्रीय प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन आग्रहसमेत गर्नुभएको छ ।

नेपाली कांग्रेसमा सक्रिय युवा नेताका रूपमा परिचित भाटले पार्टी संगठनसँगै जिल्लाका विभिन्न सामाजिक तथा समसामयिक सवालमा समेत आवाज उठाउँदै आउनुभएको छ । युवाको सहभागिता, नेतृत्व विकास र पार्टी संगठनलाई थप सक्रिय बनाउने विषयमा आफू निरन्तर क्रियाशील रहेको उहाँको भनाइ छ । युवा नेता भाट खेलकुद क्षेत्रमापनि उतिकै सकृय हुनुहुन्छ ।

उहा अहिले जिल्ला खेलकुद समितिको जिल्ला उपाध्यक्षको रुपमा समेत कार्यरत हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारीलाई युवाको प्रतिनिधित्वसँग जोड्दै भाटले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता, सक्रियता र इमानदारीलाई आधार बनाएर आफूलाई अवसर दिन क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आग्रह गर्नुभएको ।

क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा अछाम क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूबीच आन्तरिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ। यहीबीच युवा नेता भाटको उम्मेदवारी घोषणालाई युवापंक्तिको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।