बुद्धिसागर - मरेको मानिसलेपछाडी फर्केर – आँसुले टिपलपिल भएकाआफन्तका आँखाहरु हेर्छ कि हेर्देन ? मरेको मानिसहिँड्छ कति कोस, कति जुनी ?कुन नदीको किनारमानुहाउँछ चिसो पानीले,र धुन्छ- गालाभरि बसेकाआँसुका धमिला धर्साहरु,मरेको मानिस रुन्छ कि रुदैन ? के — के लैजान्छमरेको मानिसले झोलामा ?जीवनकालभरि सबैबाट जोगाएका स्मृतिहरु ?पहिलोपल्ट लेखेको प्रेमपत्र ?पहिलोपल्ट हिँडेको पाइला ?प्रिय किताबमा केही प्रिय…