अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो । चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुका ७९ वर्षिय चन्द्रदेव पुजाराले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताए । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता…