अछाम । वाक नेपाल द्वारा पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित पावर परियोजनाको वार्षिक समीक्षा सम्पन्न भएको छ । वाक नेपाल र शेभ द चिल्ड्रेनकाे साझेदारीमा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म लागू भएका विभिन्न उद्यमशीलता तथा रूपान्तरणका कार्यक्रमको कार्यान्वयनको अवस्था तथा सम्पन्न भएका योजनाको कार्य सम्पादनका विषयमा छलफल गर्दै नगरपालिकाको सभा हलमा शुक्रवार बैठक सम्पन्न…