धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन् । उनले देउडा राष्ट्रिकरण भइसकेको बताउँदै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताए ।‘हाम्रो संस्कृति, हाम्रो पहिचानले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रममा बोल्दै मन्त्री साउदले सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचान…