मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा १८३४ कोरोना संक्रमित, विश्वभर झन्डै दस लाख

भारतमा १८३४ कोरोना संक्रमित, विश्वभर झन्डै दस लाख


काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबार १८३४ पुगेको छ। मृतकको संख्या ४१ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन संक्रमणका ४३७ नयाँ बिरामी थपिएका हुन्।

एक हजार ६४९ को उपचार भइरहेको र १४३ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ।

बुधबार साँझ ७ बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण महाराष्ट्रमा ९ जनाको मृत्यु भएको छ। त्यस्तै गुजरातमा ६, कर्नाटकमा ३, मध्यप्रदेशमा ३, पञ्जाबमा ३, तेलंगनामा ३, पश्चिम बंगालमा ३, दिल्लीमा २, जम्मु–कश्मीरमा २, उत्तरप्रदेशमा २, केरलमा २ जनाको मृत्यु भएको छ। यस्तै तमिलनाडु, बिहार र हिमाचल प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा ३०२, केरलमा २४१ र तमिलनाडुमा २३४ छन्। दिल्लीमा १५२, उत्तरप्रदेशमा १०३, कर्नाटकमा १०१ र तेलंगनामा ९६ जना संक्रमित छन्।

राजस्थानमा संक्रमितको संख्या ९३ पुगेको छ भने आन्ध्र प्रदेशमा ८३, गुजरातमा ८२, जम्मू–कश्मीरमा ६२, मध्यप्रदेशमा ६६ जनामा संक्रमण भएको छ।

पञ्जाबमा कोरोना भाइरसबाट ४२, हरियाणमा ४३, पश्चिम बंगालमा ३७, बिहारमा २३, चन्डिगढमा १६ र लद्दाखमा १३ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अन्डमान निकोबार द्वीप समूहमा १०, छत्तीसगढमा ९ र उत्तराखण्डमा ७ जना संक्रमित भएका छन्।

गोवामा कोरोना भाइरसबाट संक्रमितको संख्या ५, ओडिसामा ४, पुडुचेरी र हिमाचल प्रदेशमा तीन तीन जनामा संक्रमण पुष्टि भएको छ।

असम, झारखण्ड, मिजोरम र मणिपुरमा एक एक जनामा संक्रमण पाइएको भारतीय स्वास्थ्यमन्त्रालयले जनाएको छ।

डब्ल्यूएचओ स् संक्रमितको संख्या १० लाख पुग्दै

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले केही दिनमै विश्वभर कोरोना संक्रमितको संख्या १० लाख पुग्ने र मृतकको संख्या ५० हजार पुग्ने अनुमान गरेको छ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्कअनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी इटालीमा कोरोनाका कारण १३, १५५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा संक्रमितको संख्या दुई लाख नाघेको छ भने ४ हजार ७०० भन्दा बढीको मृत्यु भइसकेको छ।

पाकिस्तानमा कोरोनाबाट २ हजार १२० जना संक्रमित भएको पुष्टी भएको छ। जसमध्ये सबैभन्दा धेरै पञ्जाब प्रान्तमा ९७००० छन्। पाकिस्तानी सरकारका अनुसार देशमा अहिले १५ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको शंका छ। जबकि २० हजारभन्दा बढी व्यक्तिमा परीक्षण गरिएको छ। कोरोना भाइरसका कारण पाकिस्तानमा २८ जनाको मृत्यु भएको छ।

विश्वयुद्धपछि पहिलो पटक कोरोनाका कारण विम्बल्डन रद्द भएको छ भने ग्लासगोमा हुने जलवायु सम्मेलन पनि स्थगित गरिएको छ।

कुन देशमा कतिको मृत्यु

इटली स् १३,१५५

स्पेन स् ९,३८७

अमेरिका स् ५,११६

फ्रान्स स् ४,०४३

चीन स् ३,३१६

इरान स् ३,०३६

बेलायत स् २,३७५

नेदरल्याण्डस स् १,१७३

जर्मनी स् ९३१

बेल्जियमस् ८२८