मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा

देशभर १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा


कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए।

देशभर १२० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौंमा १५ जना छन् भने बाँकी देशका विभिन्न स्थानमा।

अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जना उपचारको क्रममा छन् । संक्रमित सबै विदेशबाट आएका हुन्।