मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लामै आधुनिक कृषी र व्यावसाय गरौँ, भारत नजाऔँ : डाक्टर गौचन ।

जिल्लामै आधुनिक कृषी र व्यावसाय गरौँ, भारत नजाऔँ : डाक्टर गौचन ।


डाक्टर. विकाश गौचन

अछाम । अछाम स्थित न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालका डाक्टर बिकाश गौचनले अछाम बासीलाई जिल्ला भित्रै बसेर आधुनिक खेती, व्यापार व्यावसाय गर्न आग्रह गर्नु भएको छ ।

संचारकर्मी संग कुरा गर्दै डाक्टर गौचनले यस जल्लाका धेरै मान्छे गुजारा चलाउनकै लागि मात्र भएपनि भारत अथवा बिदेशिने गरेकाले अब त्यसो नगरी स्वदेश तथा जिल्लामै आधुनिक खेती, कृषितर्फ जोड दिन आग्रह गर्नुभएको हो ।

अहिले कोरोनाको त्रासले जिल्ला फर्किएको बेला यहि बसेर आधुनिक कृषि गरेमा मनग्य आम्दानी गर्न सकिने भएकाले बिदेशमा नजान आग्रह गर्नुभएको हो । हामीले राम्रोसंग मेहनत गरेमा यहि बसेर धेरै पैसा कमाउन सकिन्छ डाक्टर गौचनले भन्नुभयो बिदेशी काम बन्द गरौँ ।

अहिले सुदूरपश्चिमका धेरै जसो नागरिकलाई आफ्नो फर्कन समेत धौँ धौँ परिरहेको छ, बेला बेलामा हुने कठिन परिस्थित र अप्ठेरोले गर्दा यस क्षेत्रका नागरिकले धेरै दुख पाउने हुनाले पनि अब समयमै सोचेर जिल्लामै केही गर्ने अठोठ लिनुपर्ने बेला आएको डाक्टर गौचनको भनाई छ ।

जिल्लामै केही गर्नै इच्छा शक्ती बढाऔँ, कर्मठ हातले मेहनत गरे सुन यतै फल्छ, भारत जाने र बिदेशीने काम नगरौँ, स्वस्थ्य, सुन्दर समाज निर्माणका लागि आजै बाट आफ्नो ठाँउ आफै बनाउन भन्ने अभियानको थालनी गरौँ ।

कोरोना जस्तै विभिन्न रोगहरु बिदेशकै कारण जिल्ला भित्र फैलिने सम्भावना पनि बढी हुन्छ, त्यसैले आफु र आफ्नो परिवार तथा समाजलाई स्वस्थ्य राख्न जिल्ला भित्रै आधुनिक कृषि गुर्न राम्रो हुन्छ डाक्टर गौचनको भनाई छ ।

उहाँले भन्नुभयो हामी आफ्नो ठाँउ आफै बनाउन सक्छौँ, त्यसका लागि ईच्छा शक्तीको मात्र खाँचो रहेको औल्याउनु भयो । बेला बेला हुने कोरोना जस्तै कठिन परिस्थितीका कारण बिचल्लीमा पर्नु परेको तितो यर्थात सुनाउदैँ डाक्टर गौचनले भन्नुभयो अब जिल्लामै केही गर्ने सोच बनाऔँ, भारत नफर्किऔँ ।