मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमानामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राख्ने की सड्कमै अलपत्र पार्ने ?

सिमानामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राख्ने की सड्कमै अलपत्र पार्ने ?


भारत – एक सचेत नेपाली नागरिकले भारतबाट सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्रीलाई पत्र लेखेका छन् । अछाम मंगलसेन नगरपालिकाका छत्र खड्काले आफ्नो देश फर्किन लागेको नागरिक सिमानासम्म पुगिसकेपछि सरकारले तिनिहरुलाई क्वारेन्टाइनमा राख्छ कि सडकमै पुलिसको डन्डा खान बाध्य पार्छ भनि प्रश्न गरेका छन् ।

सिमानामा पुगिसकेपछि नागरिकले अहिलेको महामारी कोरोनाका कारण रोडमै जीवन ब्यतित् गर्नुपर्ने हो कि भनेर प्रश्न गर्दै उनले पत्र लेखेका छन् । खड्काले सबै परिस्थिती बुझेर अलपत्र परेको नेपालीहरुलाई कि त सुरक्षित क्वारेन्टाइनमा राख्नुपर्ने वा जहाँ छौ, त्यही सुरक्षित बस्नुस् खान बस्नको समस्या भए हामी सहयोग गर्छौ भनेर प्रतिवद्धता जाहेर गर्नुपर्ने पत्रमा उल्लेख गरेका छन् ।

अन्यथा ठूलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यसको जिम्मेवार तपाईं बाहेक अरु कोही हुनै सक्दैन भनेर ठोकुवा गरेका छन् । उनले आफ्नो व्यक्तीगत रुपमा मुख्य मन्त्री संग परिचय छैन तर छिट्टै भेट्ने चाहाना उने पत्र मार्फत गरेका छन् ।

भारत सरकारले अप्रिल १४ तारिखदेखि अप्रिल २० तारिखसम्मका लागि आफ्नो देशमा लगाइएको लकडाउन खोल्दैछ भन्ने खबर सुन्नासाथ भारतबाट आफ्नो जन्मभूमि फर्कने आम मानिसहरू बस तथा ट्रेनको टिकट बुकिङ गर्न आत्तिरहेका छन् । कसैकसैले त बुकिङ गरिसकेका छन् भन्ने खबर समेत संचार माध्यमा आईरहेको अवसथामा नेपाल लकडाउन भएको अवस्थामा तिनिहरुको सिमाना सम्म पुगेर बिचल्ली त हुने होइन ? भनेर आशंका पत्र व्यक्त गरेका छन् ।

हेर्नुसको उनको पत्र

सम्माननिय प्रदेश नम्बर -७ का मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यु,नमस्कार ।
ब्यक्तिगत रुपमा तपाईंको र मेरो परिचय हुन सकेको छैन,तपाईंको अनुहार टिवीका पर्दामा बाहेक अन्त देख्न पाएको पनि छैन । म चाहान्छु हाम्रो भेट छिट्टै हुनेछ । बिशेष पत्राचार गर्नाको खास कारण यो छ कि भारत सरकारले अप्रिल १४ तारिखदेखि अप्रिल २० तारिखसम्मका लागि अाफ्नो देशमा लगाइएको लक-डाउन खोल्दैछ भन्ने खबर सुन्नासाथ भारतबाट अाफ्नो जन्मभूमि फर्कने अाम मानिसहरू बस तथा ट्रेनको टिकट बुकिङ गर्न अात्तिरहेका छन् । कसै-कसैले त बुकिङ गरिसकेका छन् भन्ने खबर अाइरहेको छ । १)यदि ती मानिसहरुको जमात सिमाना सम्म पुगेर बिचल्ली त हुने होइन ? २) सिमानासम्म पुगिसकेपछि प्रदेश सरकारले क्वारेन्टाइनमा राख्छ कि सडकमै पुलिसको डन्डा खानुपर्ने हो ? ३) कतिपय मानिसहरू म जस्तै दुबिधामा परेका छन्
गाउँ,जाउँ कि नजाउँ ।

४) या त सिमानामा पुगिसकेपछि अहिलेको महामारी रोग लागेर रोडमै जीवन ब्यतित् गर्नुपर्ने हो?
यो बिषयमा बिस्तृत बुझेर नेपालीहरुलाई कि त सुरक्षित क्वारेन्टाइनमा राख्ने वातावरण सृजना होस् कि त जहाँ छौ, त्यही सुरक्षित बस्नुस् खान बस्नको समस्या भए हामी सहयोग गर्छौ भनेर बिज्ञप्ती निकाल्नुस् होइन भने ठूलो मानवीय क्षति बेहोर्नुपर्ला । यसको जिम्मेवार तपाईं बाहेक अरु कोही हुनै सक्दैन,धन्यवाद ।