मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वका २ सय ८ देशमा फैलियो कोरोना

विश्वका २ सय ८ देशमा फैलियो कोरोना


कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ। दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो। यस्तै दुई वटा अन्र्तराष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ।

अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६१ हजार चार सय २४ जना उपचारपछि निको भएका छन्। सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेको छ भने ६९ हजार चार सय पाँच जनाको ज्यान गएको छ।– एजेन्सी