मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली जन सम्पर्क समिति पश्चिम भारतद्धारा राहत वितरण

नेपाली जन सम्पर्क समिति पश्चिम भारतद्धारा राहत वितरण


भारत |

बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण अप्ठरोमा परेका नागरिकलाई नेपाली जनसंम्र्पक समिति पश्चिम भारत क्षेत्रीय समितीले राहत वितरण गरेको छ ।

समितिका अध्यक्ष एमबी बोहराको नेतृत्वमा खाध्यान्न सामाग्री वितरण गरिएको हो । कोरोना भाईरसले गर्दा भारत पनि लकडाउन भएकाले नेपालीले कठिन परिस्थिती भोगेको कारण खाध्यान्न लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष बोहराले बताउनु भयो ।

समिती र तरुण दलका नेता कार्यकर्ताको सक्रियातामा नेपाली सहित मिरा भाईनदर ठाणे जिल्लाको बिभिन्न ठाँउका भारतीय नागरिक लाई समेत राहत वितरण गरेको छ ।

आज १६० जनालाई खाध्यान्न वितरण गरेको छ भने आगमि दिनमा पनि नेपाली जनसंम्र्पक समिति अन्य ठाँउमा समेत अप्ठेरो परेमा पहल कदमी लिएर अघि बढ्ने जनाएको छ ।