मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा: धामीले बालुवा खाने ‘बिसु जाँत’ यसवर्ष नहुने

डडेल्धुरा: धामीले बालुवा खाने ‘बिसु जाँत’ यसवर्ष नहुने


डडेल्धुरा:  डडेल्धुराको अमरगढी नगरपालिका– ३ डोटी खोलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा वैशाख २ गते लाग्ने बिसु जाँत(मेला) यसवर्ष नहुने भएको छ।

वर्षेनी नयाँ वर्षको दोस्रो दिन घटाल थानमा लाग्ने बिसु जाँत यसवर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित गरिएको हो। नेपाल सरकारले देशभर लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै बुधबार घटना क्षेत्र विकास समाज र घटाल देवताका चारथरी कारिन्दाहरूले मेला स्थगित गर्ने निर्णय गरेका हुन्।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन मेला स्थगित गरिएको घटना क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि भिडभाडका साथ मेला नमनाउन आग्रह गरिसकेकोले विसु जाँत यसवर्ष नहुने उनको भनाइ छ।

बिसु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०÷१२ मुठि जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरुले बताउने गरेका छन्। 

घटाल बाबासँग कसैले केहि मागेमा मनोकामना पूरा हुने जनविस्वास रहदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहि आएको छ। – dineshkhabar