मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा लकडाउनमा बान्नीकी चैतली मेला लगाएको भन्दै ४ वडा सहित नौ जना पक्राउ

बझाङमा लकडाउनमा बान्नीकी चैतली मेला लगाएको भन्दै ४ वडा सहित नौ जना पक्राउ


बझाङमा लकडाउन उल्लङ्घन गर्दे धार्मिक मेला सञ्चालन गर्ने छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिन नदिन देशमा जारी लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले बुधबार धार्मिक मेला बान्नीकी चैतली संचालन गरेको आरोपमा जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले उनीहरुलाई पक्राउ गरिएको बताए।  

पक्राउ पर्नेमा छविस पाथिभेरा गाउँपालिका २ का वडाअध्यक्ष  ऐडी, वडा नम्बर ३ का वडाअध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडाअध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाअध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका प्रहरी निरीक्षक बोहराले जानकारी दिए।

जनप्रतिनिधिसँगै बान्नी मष्टा मन्दिरका पुजारी  निर्पप्रसाद जोशी र उनका दुई सहयोगी फसलपाते पण्डित डम्बर बहादुर धामी र पूजारी जयकृष्ण जोशीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए। स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बोहराले बताए।

लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए। बझाङको छबीस पाथिभेरा गाँउपालिका वडा नम्बर ३ को बान्नीचौरमा चैतली मेला लागेको थियो।  

कोरोनाको त्रासले देश नै लकडाउनमा गएको समयमा यहाँका स्थानीय त्यसको बेवास्ता गर्दै चैत २४ गते हजारौको संख्यामा मेला सम्पन्न गरेका थिए। हरेक वर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाइने  बान्नीको चैतली यस वर्ष चैत्र २४ गते परेको थियो। सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनाआबश्यक भिडभाड गर्नमा रोक लगाएको भएपनि बान्नीकी चैतलीमा भने स्थानीयको घुइँचो नै लागेको थियो। – dineshkhabar