मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बर्षमा जीवनलाई केन्द्रबिन्दुमा राखेर कोरोना बिरुद्ध साझा लडाई लडौँ : स्थानिय तह प्रमुख, अछाम

नयाँ बर्षमा जीवनलाई केन्द्रबिन्दुमा राखेर कोरोना बिरुद्ध साझा लडाई लडौँ : स्थानिय तह प्रमुख, अछाम

नयाँ बर्ष २०७७ को शुभकामना श्रृंखला - १


नयाँ बर्ष २०७७ सुरु हुन अब केही समय मात्र बाँकी छ । २०७६ सालको समाप्ती संगै नयाँ बर्ष २०७७ सुरु हुदैँ छ । जसरी हरेक नयाँ बर्ष हर्षउल्लासका साथ सुरु हुन्थ्यो यो पटक भने त्यसो हुन सकेन । बिश्व नै कोरोनाको कलहले त्रसित अवस्थामा रहेका बेला नेपाल पनि त्यसबाट अछुत हुन सकेन । बिशेषगरी नेपालीहरुले मनाउने नयाँ बर्ष यसपटक आउदै छ की छैन जस्तै छ । कोरोना भाईरस (कोभिड १९) ले गर्दा सबै प्रकारका चाडपर्ब लगायतका कार्यक्रमहरु स्थगित जस्तै भए ।

अछाममा नयाँ बर्ष संगै हुने बिसु पर्वको प्रभाव पनि यसपटक खासै देखिदैन् । कोरोना भाईरस कोभिड १९ को कारण देश नै लकडाउनको अवस्थामा सुदूरपश्चिम तथा अछाममा समेत नयाँ बर्षमा कुनै प्रकारको चहलपल छैन् ।

तर हामीले अछाम जिल्लाका १० वटै स्थानिय तहका प्रमुखहरुसंग नयाँ बर्ष २०७७ को अवसरमा कोरोना भाईरसबाट सुरक्षित हुन प्रमुखहरुले जिल्लाबासीलाई गरेको आग्रह सहितको शुभकामना सन्देश प्रकाशन गर्ने जमर्को गरेका छौँ ।

नयाँ बर्ष २०७७ को पुर्व सन्ध्यामा सुदूरआज डटकमका लागि प्रधान सम्पादक पूर्ण बहादुर खड्काले १० वटै तहका प्रमुख संग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

नयाँ बर्षले सबैमा कोरोना भाईरसको लडाईमा बिजयी प्राप्त हुने शक्ती मिलोस् : नगरप्रमुख कुवँर ।

कुल बहादुर कवँर
नगर प्रमुख, साँफेबगर नगरपालिका अछाम ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले २०७६ सालको बिदाई संगै कोरोना भाईरसको लडाईमा बिजयी प्राप्त हुन सकोस भन्दै नयाँ बर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक दुरी कायम गरेर नयाँ बर्ष २०७७ लाई बाहिर निस्केर भिडभाड नगरेर घरमै बसेर सामान्य ढंगले मनाउन नगर प्रमुख कुवँरले आग्रह गर्नुभएको छ ।

नयाँ बर्ष संगै अछाममा बिसु तिहार पनि मनाउने चलन भएकाले यसलार्य पनि यो पकट बिना भिडभाड सामान्य ढंगले सम्पन्न गर्नुपर्ने उहाँको धारणा छ ।

साथै उहाँले कोरोना भाईरसबाट बच्नका लागि साबधानी अपनाउने काम गर्न, सरसफाईमा ध्यान दिन र सरकारले जारी गरेको निषेज्ञाा तथा लकडाउनको पूर्ण पालना आग्रह समेत गर्नुभएको छ ।

नयाँ बर्षले सबैमा कोरोनाका बिरुद्ध लड्ने शक्ति मिलोस : नगर प्रमुख बोहरा ।

पदम बहादुर बोहरा
नगर प्रमुख, मंगलसेन नगरपालिका अछाम ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले नयाँ बर्ष २०७७ को शुभकामना दिदैँ अहिलेको परिस्थितीमा आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने सन्देश दिनुका साथै कोरोनाका बिरुद्ध लड्ने शक्ति मिलोस भन्ने शुभकामना दिनुभएको छ ।

नगर प्रमुख बोहराले अहिले कोरोना भाईरसले संसारभरी नै आतंक फैलाईरहेको अवस्थामा हाम्रो नयाँ बर्ष २०७७ को उमंग, उत्साह र खुशी भन्दा पनि कोरोना भाईरसको बाट बच्नको लागि सबैले आफ्नो सर्तकता अपनाउनु पर्ने परिस्थिती सृजना भएको उल्लेख गर्नुभएको छ ।

साथै उहाँले सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा आफु पनि सुरक्षित रहौँ, अरुलाई पनि सुरक्षित गराऔँ भन्दै कारोना भाईरसबाट बच्नको लागि शारिरिक र सामाजिक दुरी कायम गरौँ गर्दै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

कोरोना भाईरस बिरुद्धसाझा लडाई लडौँ : नगर प्रमुख देवकोटा ।

देवराज देवकोटा
नगर प्रमुख, पञ्चदेवल बिनायक नगरपालिका अछाम ।

पञ्चदेवल बिनायक नगरपालिकाका देवराज देवकोटाले नयाँ बर्ष २०७७ ले सबैलाई कोरोनाका भाईरसका बिरुद्धमा लड्न शक्ती मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ बर्ष संगै कोरोना भाईरस बिरुद्ध सबै मिलेर साझा लडाई लड्नु पर्ने बेला भएको भन्दै यसमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

कारोनाको महामारी बाट बच्न सबैले सचेत हुदैँ सरसफाईमा बिशेष ध्यान दिन नगर प्रमुख देवकोटाले बिनायक तथा अछामबासी र सम्पूर्ण देशका नागरिकमा आग्रह आग्रह गर्नुभएको छ ।

बिषम परिस्थितीमा सबै सचेत बनौँ : नगर प्रमुख बिष्ट ।

ओमप्रकाश बिष्ट
नगर प्रमुख, कमलबजार नगरपालिका अछाम ।

कमलबजार नगरपालिकाका प्रमुख आमेप्रकाश बिष्टले नयाँ बर्ष २०७७ को शुभकामना दिदैँ अहिलेको बिषम परिस्थितीमा सबैले सचेत हुदैँ सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

यसबर्षको नयाँ बर्ष सामान्य रुपमा सामाजिक दुरी कायम गर्दै सरसफाईमा ध्यान दिदैँ घरमै मनाउनदै सबैले कोरोना भाईरसबाट बाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने सन्देश दिन आग्रह गर्नुभयो ।

जीवन रहे सबै रहन्छ, जीवनलाई केन्द्रबिन्दुमा राखेर कोरोना बिरुद्ध लडौँ : अध्यक्ष साँउद ।

झंकर साँउद
अध्यक्ष, रामारोशन गाँउपालिका, अछाम

रामारोशन गाँउपालिकाका अध्यक्ष झंकर साँउदले नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना दिदैँ जीवन रहे अरु सबै गर्न सकिने भएकाले जीवनलाई केन्द्र बिन्दुमा राखेर कोरोनाका बिरुद्ध सबैलाई लड्ने शक्ति मिलोस भन्दै सम्पूर्ण रामारोशन, अछामबासी तथा देशका हरेक नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ बर्षको सुभारम्भ दुखको जस्तै भएपनि यसलाई सुखको बर्ष बनाउन यो रोगका बिरुद्धको साझा लडाई लडे मात्र सुखको बर्ष बनाउन सकिने उहाँको धारणा छ ।

सरसफाईमा बिशेष ध्यान दिदैँ सचेतना अपनाउन पर्ने, सामाजिक दुरी कायम गर्दै सरकारले जारी गरेको नियम पालना गर्नुपर्ने र बिश्व स्वास्थ्य संगठनले दिएको सन्देश पालना गरे मात्र कोरोनाको लडाई जित्न सक्ने उहाँको भनाई छ ।

बिश्व यूद्ध नै हो भन्दा फरक नपर्ने स्थिती कोरोना भाईरसले निम्तयाएको भन्दै अध्यक्ष साँउदले बिश्व नै एउटा रोगका बिरुद्ध केन्द्रित भएर संघर्ष गरिहेको बेला हाम्रा अरु सबै कुरा सहायक भएको बताउनु भएको छ ।

चाँडपर्व, नियमित कार्यक्रम, अधिकारका कुरा अहिलेलाई थाँति राखेर सबै रोगका बिरुद्ध केन्द्रित हुनुपर्ने बेला भएको बताउनु भयो । सचेना फैलाउदैँ आफु, समाजका र देशलाई जोगाउन तर्फ सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

सामाजिक दुरी कायम गर्दै नयाँ बर्षलाई स्वागत गरौँ : अध्यक्ष साँउद

हर्क बहादुर साँउद
अध्यक्ष, चौरपाटी गाँउपालिका अछाम ।

चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क साँउदले सधैका बर्षझै हर्षउल्लासका साथ मनाईने नयाँ बर्ष यसपटक देशको बिषम परिस्थितीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै घरमै मात्र मनाउन आग्रह गर्नुभएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न जो जहाँ भएपनि सुरक्षित भएर बस्न आग्रह गर्दै नयाँ बर्ष २०७७ ले सबैको ईच्छा, आकांक्षा पुरा गरोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

रोगका बिरुद्ध लड्ने शक्ती सबैमा मिलोस : अध्यक्ष बुढा

धनबहादुर बुढा
अध्यक्ष, ढकारी गाँउपालिका अछाम ।

ढकारी गाँउपालिकाका अध्यक्ष धनबहादुर बुढाले नयाँ बर्ष २०७७ को शुभकामना दिदैँ यस बर्षले सबैको ईच्छा, आकांक्षा पुरा गरोस र रोगका बिरुद्ध लड्ने शक्ती मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभएकको छ ।

अध्यक्ष बुढाले महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सरसफाईमा ध्यान दिदैँ सबैलाई सुरक्षित भएर बस्न आग्रह समेत गर्नुभएको छ ।

२०७६ ले स्वास्थ्यमा ख्याल गर्दै सुरक्षित बस्नुपर्छ भन्ने पाठ सिकाएर गयो : अध्यक्ष शर्मा

पुष्पराज शर्मा
अध्यक्ष, तुर्माखाँद गाँउपालिका अछाम ।

तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले २०७६ सालको समाप्तीले सबैलाई सरसफाई बिशेष ध्यान दिनुपर्ने र सुरक्षित भएर बस्नु पर्ने पाठ सिकाएर गएको धारणा राख्नु भएकोछ ।

नयाँ बर्ष २०७७ को सबैलाई शुभकामना दिदैँ शर्माले आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने सन्देश बोकेर आएको छ, सबैले यसको पालना गर्नु पर्ने बताउनु भयो । यसपटकोको नयाँ बर्ष सरसफाईमा ध्यान दिदैँ सामाजिक दुरी कायम गर्दै घरमै मनाउन उहाँको आग्रह छ ।

नयाँ बर्षले चुनौतीको सामाना गर्ने प्रेरणा देओस : अध्यक्ष बोहरा ।

लोक बहादुर बोहरा
अध्यक्ष, मेल्लेख गाँउपालिका अछाम ।


मेल्लेख गाँउपालिकाका अध्यक्ष लोकबहादुर बोहराले नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना दिदैँ बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका विरुद्ध लड्न सबैमा शक्ती प्रदान होस् भन्दै मेल्लेखबासी, अछामबासी तथा सम्पूर्ण देशका नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

स्थानिय पर्वको रुपमा मनाउदैँ आईरहेको बिसु पर्व पनि यस पटक नमनाउन र घरमै सुरक्षित साथ बस्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

अध्यक्ष बोहराले मानव जातिका लागि ठुलो चुनौतिको रुपमा खडा भएको भन्दै यसबाट बच्न सबैले नेपाल सरकारले जारी गरेको निर्णय पालन गर्दै कुनै पनि कोरोना भाईरसको लक्षण देखिएमा सम्बन्धीत वडाका वडाध्यक्षसंग, स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत उहाँले अपिल गर्नुभएको छ ।

नयाँ बर्षमा बाँच्ने बचाउने सन्देश फैलाऔँ : अध्यक्ष खड्का ।

राजेन्द्र खड्का
अध्यक्ष, बान्नीगढी जयगड गाँउपालिका अछाम ।

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले नयाँ बर्ष २०७७ सालको अवसरमा सामाजिक दुरी कायम गर्दै सरसफाईमा बिशेष ध्यान दिएर यस पालिको नयाँ बर्ष सामान्य रुपमा घरमै मनाउने सन्देश दिनुभएको छ ।

अहिले बिश्व नै कोरोना भाईरस संग लडिरहेको बेला हामीले पनि सहजक्ता अपनाउन जरुरी रहेको भन्दै खड्काले यसबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने सन्देश दिनुपर्ने उल्लेख गर्नुभयो ।