मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बर्षले नागरिक, समाज र देशलाई सुसभ्य र समृद्ध बन्ने प्रेरणा देओस् : प्रजिअ पौडेल ।

नयाँ बर्षले नागरिक, समाज र देशलाई सुसभ्य र समृद्ध बन्ने प्रेरणा देओस् : प्रजिअ पौडेल ।

नयाँ बर्ष २०७७ को शुभकामना श्रृंखला - २


पूर्ण बहादुर खड्का, ३० चैत्र अछाम ।

पुन्य विक्रम पौडेल
प्रमुख जिल्ला अधिकारी, अछाम ।

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले नयाँ बर्ष २०७७ ले सबैलाई सुख, शान्ति र समृद्धी प्रदान गरोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । देश, समाज र हरेक व्यक्तीलाई थप समृद्ध र सुसभ्य बन्ने बातावरणको सृजना हुन नयाँ बर्षले प्रेरणा देओस र हाम्रा प्रयासहरु पति त्यतै तर्फ उन्नमुख हुन भन्ने सन्देश उहाँले दिनुभएको छ ।

साथै उहाँले अहिलेको सन्र्दभमा कोरोनाको उच्च जोखिम रहेको यस अवस्थालाई मध्यनजर गर्दै हाम्रा रितिरिवाज चाडपर्व मान्ने विगतका शैली अनुसार नगरी सामाजाकि दुरी कायम गर्दै बाहिर देखिने गरी मनाउने भन्दा पनि भावनात्मक हिसाबले चाडपर्वको अवसरमा एक अर्कामा शुभकामना साटासाट गर्न आग्रह गर्नुभएको छ ।

जिल्लामा बिसु पर्व भनरे बिशेष हिसाबले मनाउने चलन भएको कुरा उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो पर्वहरुलाई निरन्तरता दिने भनेको सामान्य अवस्थामा हो अहिल्य त्यो अवस्था छैन, जब घरमा सोकको स्थिती हुन्छ त्यो बेला दशै तिहार चाडहरु मनाईदैन, अहिले देशको स्थिती पनि संक्रमण र जोखिमकै अवस्थामा छ ।

एकअर्का बिचको सद्भावलाई भावनात्मक दुरीले कायम गरी मानसिक हिसाबले पर्वलाई मनाऔँ र यसै तर्फ हामी सबै लागौँ भन्ने आग्रह समेत उहाँले गर्नुभएको छ ।