मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरस सबैको साझा सत्रु हो सबै मिलेर परास्त गरौँ : राष्ट्रिय सभा सदस्य कुवँर

कोरोना भाईरस सबैको साझा सत्रु हो सबै मिलेर परास्त गरौँ : राष्ट्रिय सभा सदस्य कुवँर

नयाँ बर्षको शुभकामना श्रृंखला - ४


पूर्ण बहादुर खड्का, १ बैशाख अछाम

शेर बहादुर कुवँर
अध्यक्ष, नेपाल कम्यूनिष्ट पार्टी, अछाम ।
एवंम सदस्य, राष्ट्रिय सभा ।

नेपाल कम्यूनिष्ट पार्टी अछामका अध्यक्ष शेर बहादुर कुवँरले नयाँ बर्ष २०७७ को अवसरमा सम्पूर्ण स्वदेश र बिदेशमा रहनु भएका देश तथा जिल्लाबासीका दाजुभाई, दिदिबहीनीहरुमा सुख, शान्ति र समृद्धीको शुभकामना व्यक्त गर्नुभएको छ ।

बिगतमा बर्षमा उल्लास्मय तरिकाले मनाईने नयाँ बर्ष यो बर्ष हामी बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण भावनात्मक सन्देशले मात्रै मनाउन सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।
राष्टिय सभा सदस्य समेत रहेका कुवँरले बिश्वव्यापी रुपमा आएको कोरोना भाईरसको संक्रमण हाम्रो देशमा पनि फैलिएको कठिन अवस्था देश लक डाउन भएको भन्दै यसको संक्रमण फैलिन नदिन बिश्वव्यापी रुपमा अघि सारिएका स्वास्थ्यका मान्यतालाई अनुसरण गर्दै यसबाट जोगिन समेत सर्तकर्ता अपनाउनु पर्नेमा जोड दिनुभयो ।

साथै उहाँले सामुहिक भेला नगर्न, भिडभाड नगर्न, खानपिनमा र सरसफाईमा ध्यान दिन, जाँड रक्सीको सेवन नगर्ने, भौतिक रुपमा नभई भेटघाट नगर्न, सरकारले जारी गरेको निशेधाज्ञाको पालना गर्न समेत आग्रह गर्नुभएको छ ।

जिल्ला र देशबासीका नागरिकको जीवनका लागि कोरोना भाईरसबाट बच्ने उपायहरुलाई पालना गर्नुपर्ने भन्दै कुवँरले घर बाहिरबाट आउदा साबुन पानीले हात धुने नै उत्तम बिकप्ल भएको उल्लेख गर्नुभयो ।

हामी अल्पविकसित देशका नागरिक भएकाले हामीसंग साधन श्रोतको समेत कमि भएको अवस्थालाई मध्यनजर गर्दै सचेत नागरिकको रुपमा जो जहाँ छौँ त्यहि बाट कोरोना बिरुद्धको साझा लडाई लड्नुपर्नेमा जोड दिनुभयो ।

रोगले कुनै बर्ग, लिंग, क्षेत्र, पार्टी नहेर्ने भन्दै राष्टिय सभा सदस्य कुवँरले सबैका लागि पिडादायि भएर आउने यस साझा सत्रुसंग सबै मिलेर परास्त गर्नुपर्ने जिम्मेवारी हाम्रो भएको बताउनु भएको छ ।