मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बर्ष स्वास्थ्य प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेर आएको छ : डा. गौचन

नयाँ बर्ष स्वास्थ्य प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेर आएको छ : डा. गौचन

नयाँ बर्ष २०७७ शुभकामना श्रृंखला - ६


पूर्ण बहादुर खड्का, १ बैशाख अछाम

डा. बिकाश गौचन
स्वास्थ्य सेवा निर्देशक न्याय हेल्थ नेपाल, बयालपाटा अस्पताल अछाम ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले नयाँ बर्ष २०७७ ले स्वास्थ्य प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेर आएको बताउनु भएको छ ।

नयाँ बर्ष २०७७ को शुभकामना दिदैँ उहाँले सबै स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रका विज्ञ, स्थानिय तहका जनप्रतिनिधी, प्रदेश सरकार तथा संघिय सरकारले स्वास्थ्य प्रणालीको सुधार गर्दै बलियो बनाउन तर्फ लाग्न नयाँ बर्षले प्रेरणा देओस भन्ने शुभकामना दिनुभएको छ ।

साथै उहाँले अहिलेको यो कोरोनाले निम्तयाएको संकटको घडिमा जिल्लाबासी तथा देशबासीमा सामाजिक दुरी कायम गर्दै नयाँ बर्ष मनाउदैँ स्वस्थ्य र सुखी रहन समेत शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक दुरी कायम गरौँ, सरसफाईमा ख्याल गरौँ, व्यक्तीगत सुरक्षाका सामाग्री प्रयोग गरौँ, भिडभाड नगरौँ, कुनै लक्षण देखिएमा वा संका लागेमा स्वास्थ्यकर्मीलाई सोधौँ, नियमित साबुन पानिले राम्ररी हात धोऔँ भन्दै कोरोना भाईरस बिरुद्ध लड्ने शक्ती सबैमा मिलोस, नयाँ बर्ष २०७७ सालको सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लािग हािर्दक मंगलमय शुभकामना व्यक्त गर्दछु ।