मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामी महामारी नियन्त्रणको नजिक छौ, उच्च मनोबलका साथ प्रतिक्षा गरौँ : स्वास्थ्य प्रमुख ढुंगाना

हामी महामारी नियन्त्रणको नजिक छौ, उच्च मनोबलका साथ प्रतिक्षा गरौँ : स्वास्थ्य प्रमुख ढुंगाना

नयाँ बर्ष २०७७ शुभकामना श्रृंखला - ७


पूर्ण बहादुर खड्का, १ बैशाख अछाम

झनकराज ढुंगाना
प्रमुख, स्वास्थ्य कार्यालय अछाम ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले नयाँ बर्ष २०७७ को अवसरमा जिल्लाबासी तथा देशबासीमा सुस्वास्थ्य, दिर्घायू, सुख, शान्ति र समृद्धीको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

कोरोना परिक्षण गरेर घर फर्कनेहरु वा क्वारेन्टाईनबाट परिक्षण पश्चात् घर गएकाहरुलाई अनुशासित भएर बस्न आग्रह गर्नुभएको छ ।

समुदायमा कोही पहिचान नभई बसेको सन्क्रमित पनि हुन सक्ने सम्भावना कायमै रहकेकाले सचेत रही बस्न आग्रह गर्नुभएको हो ।

समुदायका हरेक सचेत नागरिकले सरकारले जारी गगेको नियम र कोरोना सम्बनधी विश्ब स्वास्थ्य संगठनको सर्तकर्ताको निती अवलम्बन गर्नुका साथै साबधानी र जिम्मेवारीका लागी पैरवी गर्न अनुरोध समेत गर्नुभएको छ ।

मुलुकभर कोरोना परिक्षणको दायरा फराकिलो हुँदै गएको छ भन्दैँ ढुंगानाले लकडाउनको नियम पूर्ण पालना गर्नु नै अहिलेको अपरिहार्य आबश्यकता भएको उल्लेख गर्नुभएको छ ।

हामी महामारी नियन्त्रणको नजिक छौ, उच्च मनोबलका साथ प्रतिक्षा गरौ, लकडाउन कहिले सकिन्छ होइन, सन्क्रमण कहिले अन्त्य गर्न सकिन्छ भन्ने सोचौ भनेर अघि बढ्नुपर्ने बेला भएको उहाँको भनाई छ ।