मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरबाहिर निस्केर सिस्नु नखेल्न कांग्रेस नेता तिमिल्सैनाको आग्रह ।

घरबाहिर निस्केर सिस्नु नखेल्न कांग्रेस नेता तिमिल्सैनाको आग्रह ।


१ बैशाख, अछाम ।

नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सेनाले अछाम तथा सुदूरपश्चिमबासकिो ठुलो चाँड बिसु संक्रान्ति पर्व र नयाँ बर्ष २०७७ को अवसरमा सुख, शान्ति र समृद्धी सबैको घर आगनमा आवस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ बर्षको अवसरमा शुभकामना व्यक्त गर्दै यूवा नेता तिमिल्सैनाले विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड—१९’ बाट सुरक्षित रहनु आग्रह गर्नुभएको छ ।

अहिलेको परिस्थीतीमा घर बाहिर निस्केर नयाँ बर्ष मनाउन असम्भव भएकाले घरभित्रै सामाजिक सञ्जालको माध्यमबाट एकआपसमा पर्वको सद्भाव साटासाट गर्न आग्रह गर्नुभएको छ ।

साथै उहाँले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियानलाई सहयोग पुर्याउनु र लकडाउन आदेशको पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष समेत रहेका तिमिल्सैनाले अछामको मुख्य पर्वका रपमा रहेको बिसुमा यसपटक घरबाहिर निस्केर सिस्नु नखेल्न र सामाजिक दुरी कायम गर्न अछामबासीलाई आग्रह गरेका छन् ।