मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘म बगर कुर्ने मान्छे’

‘म बगर कुर्ने मान्छे’


  • अमरदीप शर्मा

बगर कुर्ने म एक मान्छे !
भन्न खोज्दैछु नयाँ बर्षको शुभकामना,
तिम्रो दिनचर्या सुध्रियोस
तिमि कसैको नजिक बसेको देख्न नपरोस,
वा उभिएर हात मिलाएको
पश्चिमाहरुको झै गाला मिलाएको ।
पनि त,

म बगर कुर्ने एक मान्छे
भन्न खोज्दैछु फेरि पनि शुभकामना
पछि सकिन्छ रे अघिकाहरु झै
उहिल्यै पनि त यहि भयो
माईला काका आज दुर्लभ,
नत्र चौतारामा हामी पनि
ह्या के नै होला र भनी
यि भनिने लड्काउन तोड्ने थियौ कि ।

जे होस जसो होस
डराएर त म बाच्दिन
सरकार सामाजिक अधिकारमा
बाचेको कैयौ पटक देखेकै हो
म व्यक्ती केवल अधिकारको
खास्टोमा बाधिएकै हो
हातलाई साबुन पानीको
महत्व बुझाउने यो साधिकार
ईश्यु पेपरको तत्व ज्ञान दिदैछ

र पनि ,
म बगर कुर्ने मान्छे
भन्न चाहे फेरि पनि
नयाँ बर्ष 2077 को शुभकामना !!

लेखक :लक्ष्मी प्रसाद शर्मा (अमरदीप शर्मा) साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हुन्।