मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस कुईकाद्धारा वडाका अतिबिपन्न परिवारलाई राहत वितरण

कांग्रेस कुईकाद्धारा वडाका अतिबिपन्न परिवारलाई राहत वितरण


अछाम

नेपाली काङ्ग्रेस पन्चदेवल विनायक नगरपालिका १ कुइकाको वडा कार्यसमितिले आइतवार वडा भित्रका अतिबिपन्न परिवारलाई राहत वितरण गरेको छ ।

नगरपालिकालो वडानम्वर १ का नौ टोलका दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय ५० घरपरिवारलाई राहतस्वरुप चामल, दाल, नुन, तेल, साबुनलगायत सामग्री प्रदान गरिएको छ ।

नेपाली काङ्ग्रेस वडा नम्वर १ को वडा कार्यसमितिको आयोजना र वडा सभापति दुर्गा प्रसाद तिमिल्सैना र महिला अधिकारकर्मी स्थानीय समाजसेवी राधा आचार्य ढकालको सक्रियतामा चुलो बल्न नसकेर समस्या परेका अति बिपन्न परिवार लाई राहत बितरण गरिएको नेपाल प्रेस युनियन अछामका वरिष्ठ उपाध्यक्ष लोकराज ढकाल ( एल आर ) ले जानकारी दिएका छन ।

पन्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेको उपस्थिति र अमुगमनमा प्रती परिवारलाई २५ किलोग्राम चामल, एक किलोग्राम दाल , एक पोका तेल ,एक पोका नुन दिइएको छ ।

वडा नम्वर १ कुईकामा राहत वितरण गर्नका लागि राहत सामाग्री खरिदकामा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामका सहसचिव एवम प्रवक्ता वेदप्रकाश तिमिल्सैना, पन्चदेवल विनायक नगरपालिका वडा नम्बर एकका सभापति दुर्गाप्रसाद तिमिल्सैना लागयत वडा नम्वर एक स्थित नेपाली काङ्ग्रेसका नेता, शुभेच्छुक ,समर्थकले आर्थिक सहयोग गरेका थिए ।

राहत वितरण कार्यमा पन्चदेवल नगरपालिका वडा नम्वर एकका वडा अध्यक्ष लक्ष्मिकान्त देवकोटा, महिला अधिकारकर्मी स्थानीय समाजसेवी राधा आचार्य, स्थानीय वरिष्ठ समाजसेवी चन्द्रकान्त उपाध्याय, नेपाल शिक्षक संघका नगर अध्यक्ष अमरनाथ ढकाल, नेपाल किसान संघ अछाम जिल्ला कार्य समितिका सदस्य बिरकटेल देवताका धामी उमाकान्त तिमिल्सैनाकोसक्रियता र सहयोग रहेको थियो ।

साथै नेपाल प्रेस युनियन अछामका वरिष्ठ उपाध्यक्ष लोकराज ढकाल, नेपाली काङ्ग्रेसका साविकको कुइका गाउँ कार्यसमितिका पुर्व सभापति गौरिकान्त ढकाल , नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा नम्वर पाँच वडा कार्यसमितिका सचीव केशवराज तिमिल्सैना , नेपाल शिक्षक संघका अछामका पुर्व केन्द्रिय प्रतिनिधि संघका नेता नेत्रराज उपाध्याय नेपाल शिक्षक संघका अछाम दुई नम्वर क्षेत्रिय कार्यसमितिका पुर्व कोषाध्यक्ष ,संघका नेता देविराम तिमिल्सैना ,वडानम्वर एकका वडा सदस्य इन्द्रमणी तिमिल्सैना , नेपाल शिक संघ कुइकाका नेता शिवराज तिमिल्सैना , पूर्णप्रसाद देवकोटा , भवानी ढकाल ,हरिप्रसाद तिमिल्सैना , बर्तराज तिमिल्सैना , नेपाली काङ्ग्रेस पन्चदेवल विनायक नगरपालिका वडा नम्वर – १ का तरुण नेता युवा ब्यवसायी बर्तराज तिमिल्सैनले पनि सक्रियता , साथ , समर्थन र सहयोग गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेस वडा नम्वर एकका वडा सभापति दुर्गा प्रसाद तिमिल्सैनाको नेतृत्वमा स्थानीय सर्वदलीय सर्वपक्षीय बैठको निर्णय बमोजिम नगरपालिकाको वडा नम्वर एकको वडा समितिले छनौट गरेका ४९ परिवारलाई राहत स्वरुप खाधान्न वितरण गरिएको हो ।

हामीले सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय निर्णय अनुसार छनौट भएका दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय परिवारलाई मात्र खाद्य सामाग्री वितरगरेका छौ, वडा सभापति तिमिल्सैनाले भने नगरपालिका र वडा नम्वर एक संग समन्वय गरेर निस्वार्थ रुपमा मर्कामा परेकालाई सहयोग गरेका हौ ।

वडा सभापति तिमिल्सैनाका अनुसार नेपाली काङ्ग्रेस वडानम्वर एकको वडा कार्यसमितिले वडाका सबै ३ सय २५ परिवारलाई हातधुनका लागि साबुन पनि बितरण गरिएको छ ।

पन्चदेवल विनायक नगरपालिका वडा नम्वर १ संगको समन्वयमा इलाका प्रहरी कार्यालय विनायकका सुरक्षाकर्मीको र स्थानीय संचारकर्मीको उपस्थितिमा राहत वितरण गरिएको थियो ।