मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम सुन चादी व्यवसायी संघद्धारा कालिगडलाई खाद्यान्न वितरण

अछाम सुन चादी व्यवसायी संघद्धारा कालिगडलाई खाद्यान्न वितरण


अछाम ।

अछाम सुन चादी व्यवसायी संघले सुनचाँदीका कालिगडहरुका परीवारलाई खाद्यान्न वितरण गरेको छ ।

बिश्व व्यापि कोरना भाईरसको कारणले कामकाज ठप्प हुदाँ अप्ठेरोमा परेका सुनचाँदीका कालीगडहरुलाई खाध्यान्न वितरण गरिएको संघका अध्यक्ष दिपक सुनारले बताए ।

अछाम सुन चादी व्यवसायी सघंमा आबद्द भएका पसलका कालिगडका हरेक परिवारलाई राहत स्वरुप १० के.जी चामल २ के.जी दाल १ लि. तेल र १ के.जि नुन वितरण गरिएको संघले जनाएको छ ।

संघले जिल्लाभरी रहेका कालिगडका परिवारलाई ७ हजार ३ सय ५० रकम बराबर को खाद्यान्न वितरण गरिएको सचिव किसोर सुनारले जानकारी दिनुभयो ।