मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा जनसंख्या बढ्ने चिन्ता, घरघरमै गएर कण्डम बाँडिँदै

लकडाउनमा जनसंख्या बढ्ने चिन्ता, घरघरमै गएर कण्डम बाँडिँदै


काठमाडौं।

कोरोना भाइरसका कारण गरिएको लकडाउनमा श्रीमान श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।

भारतको उत्तर प्रदेशको बलियामा स्थानीय सरकारले घरघरमै गएर निःशुल्क कण्डमका प्याकेट बाँडिरहेको आज तकले लेखेको छ ।

उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम, माला डी र परिवार नियोजनका किट बाँड्न निर्देशन दिएको हो ।

निर्देशनपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको टिमले घर घर गएर निःशुल्क कण्डम, माला डी र कपर टी बाँडिरहेका छन् ।

लकडाउनपछि जनसंख्या वृद्धि अर्को समस्याको रुपमा नआओस् भन्नको लागि यस्तो गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

घरघरमा गएर कण्डमका प्याकेट बाँडिरहेका आशा बहुहरुका उनीहरु घरघरमा गएर मानिसहरुलाई परिवार नियोजनप्रति जागरुक पनि बनाइरहेका छन् ।

बलियाका असिस्टेन्ट सिएमओ डा. वीरेन्द्र प्रसादले लकडाउनमा दम्पतहिरुलाई यौन मनोरन्जनको साधन हुने र जनसंख्या वृद्धि हुने विषयमा सरकार चिन्तित भएको बताए ।