मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्तिका कुवरद्धारा भारतको हैदराबादमा ७० जना नेपालीलाई सहयोग

बस्तिका कुवरद्धारा भारतको हैदराबादमा ७० जना नेपालीलाई सहयोग


कमल रावल बैशाख १३ अछाम

कोरोनाभाईरसको कारण भएको लकडाउन पछि भारतमा अलपत्र परेका नेपालका नागरिकलाई एक जना नेपालीले सहयोग गरेका छन ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्ति घरभई हाल भारतको तेलगँना राज्य हैदराबादमा रोजगार गर्दै आएका समाजसेबि पदम बहादुर कुवरले अछाम, कैलाली र दैलेखका गरि ७० जना विपन्न र यतिबेला रोजगार नभएका ब्यक्तिलाई आफुलाई गाँसको ब्याबस्थापन गरुन भनेर प्रतिब्यक्ति १ नेपालीका दरले सहयोग गरेका हुन ।

अछामको ढकारी गाउपालिकाका २८ जना, मंगलसेन नगरपालिकाका १५, तुर्माखाँद गाउपालिकाका ८, कमलबजार नगरपालिकाका ९, दैलेखको दुल्लु नगरपालिकाका ७, कैलालीको लम्की चुहा नगरपालिकाका ३ जना गरि ७० जनालाई ७० हजार आर्थिक सहयोग गरेको कुवरले बताउनु भयो ।

भारतमा थुप्रै राज्यमा यतिबेला कम्पनी, होटेल तिर काम गर्ने नेपाली बेरोजगार भएपछि अलपत्र परेकाले यतिबेला केही राहत पुगोस भनेर सहयोग गरेको रेडियो रामारोशनलाई बताएका छन ।