मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औँलोको जोखिम पहाडी जिल्लामा पनि छ : स्वास्थ्य कार्यालय प्रमुख ढुंगाना

औँलोको जोखिम पहाडी जिल्लामा पनि छ : स्वास्थ्य कार्यालय प्रमुख ढुंगाना


कमल रावल, अछाम

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले पहाडि जिल्लामा पनि औँलो रोगको जोखिम रहेको बताउनु भएको छ ।

वातावरणिय प्रभाबका कारण पहाडी जिल्लामा पनि आवातजावात सहीत जनसंख्या बृद्धि हुदै गएपछी औँलो अर्थात मलेरीयाको जोखिम हुने गरेको बताउनु भयो ।

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिम यूक्त रोग ’औंलो’ विरुद्धको दिवसको अवसरमा रेडियो रामारोशनसँग कुरा गर्दै प्रमुख ढुगाँनाले औैँलो अर्थात मलेरियाको उपचार समयमै हुने भएकाले स्वास्थ्य संस्थामा समयमै जानु पर्ने बताउनु भयो ।

यतिबेला कोरोनाभाईरस परिक्षणसंगै सबै बाहिरबाट आएकाहरूको मलेरियाको समेत परिक्षण हुदै आएको बताउनु भयो । जनस्वास्थ्यको समुदाय स्तरको सबैभन्दा पुरानो कार्यक्रम औँलो भएकाले समुदाय स्तरमा प्रभाब पर्दै गएको जानकारी दिनु भयो ।

सन २०२५ सम्म नेपालबाट नै औँलो रोग हटउने लक्ष्य लिएकाले गत बिगतका भन्दा अछाममा समेत सुधार हुदै गएको बताउनु भयो । औँलो अर्थात मलेरियाबाट बच्नका लागि घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्न सक्ने सरसामानको उचित व्यवस्थापन गर्ने लगाएतका सावधानि अपाउनु पर्ने उहाँले बताउनु भयो ।