मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन वडा न. १ मा असिना गरेको क्षतिकाे तथ्यांक संकलन

मंगलसेन वडा न. १ मा असिना गरेको क्षतिकाे तथ्यांक संकलन


हाेम साउद, अछाम १६ वैशाख ।

मंगलसेन नगरपालिका वडानम्वर १ काे अागरताेला र दाेबाटाखालमा यहि वैशाख ११ गते परेकाे असिनापानिले गरेकाे क्षतिकाे विवरण संकलन गरिएको छ ।

नगरपालिकाबाट कृषि तथा पशुसेवाका प्राविधिककाे स्थलगत सहभागीतामा क्षतिको विवरण संकलन गरिएको हाे । अबिरल असिनापानिले स्थानीय २ जना किसनाका ६ बाख्रा मरेका थिए भने गहुँबालिमा नाेक्सानि भएको थियाे ।

स्थलगत मुचुल्का तयार पार्ने क्रममा २ वटै टाेलमा ३७ घरपरिवारकाे १६९ राेपनिमा लगाईएकाे गहुँ तथा जाै बालिमा नाेक्सानी भएको पाईएकाे छ । असिनापानिले करिब २ लाख ९५ हजार ७५० बराबरको बालि नाेक्सान भएको कृषि विकास शाखाका कृषि प्राविधिक तर्क भुलले जानकारी दिनुभयाे ।

यस्तै २ जना किसानका ६ बाख्राकाे करिब ३६ हजार ७ सय बराबरको क्षति भएको पशुसेवा शाखाका प्रमुख नेत्रबहादुर कठायतले जानकारी दिनुभयो । वडानम्वर १ का अध्यक्ष गाेपाल थापा र २ का अध्यक्ष मानबहादुर बाेगटीकाे राेहबरमा मुचुल्का तयार पारिएको हाे । किसानहरुलाई राहतका लागि अाफ्नाे तर्फबाट नगरमा पहल गर्ने वडा अध्यक्ष थापाले जानकारि गराउनुभयाे ।

यस्तै पशुसेवा शाखा प्रमुख नेत्रबहादुर कठायत र कृषि शाखाका तर्क भुलले किसानलाई कृषि तथा पशुपालन बारेे परामर्श समेत दिनुभएको थियाे । साथै बालि बिमा, पशु बिमा जस्ता कार्यमा समेत अग्रसर हुन अाग्रह गर्नुभएको थियाे ।

असिना पिडित किसानहरूलाई राहतका लागि अावश्यक पहल गर्ने नगरप्रमुख पदमबहादुर बाेहराले बताउनुभएकाे छ । नगरले किसानलाई सक्दाे राहतको पहल गर्ने र प्रदेश सरकारमा पनि सिफारिस गर्ने बाेहराकाे भनाइ छ ।