मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रामिण भेगका बिद्यार्थीलाई अनलाईन कक्षा प्रभाकारी हुन सक्दैँन

ग्रामिण भेगका बिद्यार्थीलाई अनलाईन कक्षा प्रभाकारी हुन सक्दैँन


रमेश बिक्रम कुवँर

– बैशाख १२ गतेका दिन त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सुचना प्रकाशित गरि विधुतिय माध्याम बाट गरिने कक्षा संचालन सम्बन्धि निर्देशिका २०७७ जारी गर्यो ।

कोरोना भाईरसले गर्दा देश दुनिया ग्रसित भैरहेका बेला ब्यक्तिमा मानसिक र आर्थिक संकट ब्याप्त रुपमा छ ।

आवश्यक स्रोत साधनको कमी र केही सिमित ब्याक्तीहरु संगको समन्वयमा त्रिभुवन विश्वविद्यालयले संचालनमा ल्याउने भनेको बिधुतिय कक्षा (Online Class) को जताततै चर्चा भएको देखिन्छ ।

कतिपय ठाउमा संचालनमा आईसकेको र अधिकाशं ठाउमा सुचारु हुन बाकी बाकी यो कक्षाले आम बिध्यार्थी र शिक्षकहरुमा अन्योलता ल्याएको देखिन्छ । त्रिवीले आफ्नो शैक्षिक क्यालेन्डर लागू गर्न खोज्नु स्वागत योग्य कुरा हो ।

पढाईलाई निरन्तरता दिनु कदापि नराम्रो मान्न सकिँदैन तर त्रिवीमा पढ्ने धेरैजसो विध्यार्थीहरु गरिब परिवार विकट क्षेत्रबाट आएका छन् । म पनि विकट पाहाडी जिल्ला अछाम बाट प्रतिनिधि गर्ने बिध्यार्थी हु ।
उनिहरु संग एन्ड्रोड मोबाइल, ल्यापटप अथवा कम्पुटर अभाव छ । धेरै ठाउँमा ईन्टरनेटको अभाब छ कतिपय ग्रामीण भेगमा मोबाइल नेटवर्कले कान समेत गर्दैन बत्तिको सुबिधा छैन चार्जको समस्या छ ।

धेरै जसो विध्यार्थी साथीहरुका दाजुभाइहरु मित्र राष्ट्र भारत र अन्य देशहरुमा अलपत्र परेका छन् आर्थिक पाटो बन्द भएको छ देशमा पैसा भित्रीन पाएको छैन । टेलिकमको डाटा र भ्वाई प्याक पनि महँगो छ रिचार्ज कार्ड सम्म नपाएयको अवस्था छ ।

यो विषम परिस्थितिमा विध्यार्थीहरु कुनै न कुनै समस्याले ग्रसित छन् । बिगत दिन यता राजधानी र अन्य शहर छोडेर गाउँ फर्किने विध्यार्थीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ र जाने क्रम जारी छ ।
काठमाडौमा रहेका विध्यार्थीहरु पनि राम्रो संग खाना पाईरहेका छैनन् । भात नपाएर विध्यार्थीहरु सडकमा आउन थालेका छन । विध्यार्थी र मजदुरहरु भोक संग लडिरहेका बेला सरकारले भात दिन सकेको छैन । नेपाल सराकार शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय नेपाल टेलिकम संग विध्यार्थी संगठन राखेर फ्री अथवा न्यून शुल्कमा मोबाइल डाटा र भ्वाईस कल दिन सक्ने बनाउनु सक्नु पर्ने यो त्यो पनि तत्काल समाधान हुने देखिदैन ।

त्रिविका केही बिभाग र उपत्यकाका क्याम्पसलाई मात्रै मध्यनजर गरेर पुग्दैन ।त्यसैले अधिकांस विधार्थीहरु गाउतिर भएको बेला गरिएको यो इलष्लिभ अबिकक प्रभाव कारी नहुने र केही हुनेखाने र शहरमा बस्ने विध्यार्थीहरुलाई मात्रै समेटने देखिन्छ ।

सामान्य फेसबुक, ट्वुटर, म्यासेन्जर जस्ता सामाजिक संजाल बाट हुने सन्चार पद्धति भन्दा online class केही फरक र पृथक छ । यसका लागि उनिहरुले प्रयोग गर्ने सफ्टवेयर, पाठ्यसामग्री , गृहकार्य गर्ने देखे अन्य कुराहरु पर्दछन जसका लागि नेटवर्क बलियो हुन अति आवश्यक छ ।
आजसम्म शैक्षिक एवम् प्रशासनिक कामलाई डिजिटलाई गर्न नसकेको त्रिविले यस्को बिकल्प खोज्न सक्नु पर्छ । लकडाउन पछी बिदा कटाएर हुन्छ कि बढी पढाएर अथवा परिक्षा पछाडि सराएर ।

सेमिष्टर १ देखी २ महिना ढिलो गाराएर पनि यस्को ब्यबस्थापन गर्न सक्नुपर्छ । बरु यो बेला आफ्ना मेडिकल सेक्टर , माईक्रोबायोलोजी , बायोटेक , रसायनशास्र , भौतिक शास्र प्राध्यापक र विध्यार्थीहरुलाई कोरोना रोकथाममा लागाउन प्रेरित गर्नु पर्छ र त्यस्का लागि नीति तथा कार्यक्रम ल्याउदा उचित हुन्छ ।

लेखक – एमएस्सी भौतिक शास्त्र दोस्रो सेमिष्टरमा अध्ययरत विध्यार्थी हुन )