मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने

अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने


काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अझै तीन दिन चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ ।

प्रि मनसुन सुरुभएसँगै केहि दिन यहा देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा भएको छ भने ठाउँ ठाउँमा असिना परेको छ । काठमाडौं उपत्यका लगायत मध्य पहाडी क्षेत्रमा दिनहुँ जसो वर्षा भइराखेको छ ।

आज (बिहीबार) देशभर सामान्य बदली रही केही स्थानहरुमा चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्यान्हपछि काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

शुक्रबार र शनिबार पनि देशका अधिकांश ठाउँमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । मौसमविद् समिर श्रेष्ठका अनुसार अबको केहि दिन चट्याङ, असिनासहितको वर्षाले निरन्तरता पाउने छ ।

उनका अनुसार पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसम बद्लीएको हो ।

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

वैशाख १८ गते (विहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख १९ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र वाकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राराति: देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा र वाकी भु-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २० गते (शनिबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा मध्यान्नपछि तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पुर्वी पहाडी भू-भाग र पश्चिमी भू-भाग सामान्य बदली तथा पुर्वी खण्डको तराइ भू-भागमा आंशिक बदली रही वाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक दुइ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । – nepalsamya