मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाद्वारा मंगलसेनका वडा न. ४ र १३ मा १ सय ४४ जना गरिव बिपन्नलाई राहत बितरण

नगरपालिकाद्वारा मंगलसेनका वडा न. ४ र १३ मा १ सय ४४ जना गरिव बिपन्नलाई राहत बितरण


हाेम साउद, अछाम १९ वैशाख ।

मंगलसेन नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका गरिब, बिपन्न र असंगठित श्रमिकहरुलाई राहत बितरण सुरु गरेकाे छ ।

जस अन्तरगत वडानम्वर ४ मा ६१ जना गरिब, बिपन्न र असंगठित श्रमिकलाई राहत बितरण गरिएको हाे । उनिहरुलाई जम्मा १५ सय ४५ किलाे चामल,१२६ किलाे दाल, ५३ लिटर तेल, ८२ किलाे नुन र ८२ गाेटा सावुन बितरण गरिएको वडा अध्यक्ष पदमबहादुर धामिले बताए ।

सामाजिक दुरि कायम गर्दै राहत बितरण गरिएको कार्यक्रममा वडा सदस्य भावना केसि, प्रेम भुलकाे सहभागीता रहेकाे नगरपालिकाका एम अाई एस फिल्ड सहायक दिल बहादुर केसिले जानकारी दिए । यस्तै, मंगलसेन नगरपालिका वडानम्वर १३ मा पनि ८३ जना अति बिपन्न परिवारलाई राहत बितरण कार्य सम्पन्न भएको छ ।

वडामा जम्मा २ हजार १३५ किलाे चामल, १७८ किलाे दाल, साढे ७० लिटर तेल, १२० किलाे नुन र १२० गाेटा सावुन बितरण गरिएको वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए । सामाजिक दुरि कायम गर्दै राहत बितरण गरिएको उहाँको भनाइ छ ।

राहत वितरण कार्यक्रममा नेकपाका नगर सदस्य गाैरब नेपाली, वडा सदस्य बल बहादुर बडेला, मनसरि कामी, वडा सचिव डण्डि प्रसाद ढुंगाना लगायतको सहभागीता रहेकाे थियाे ।

अन्य वडामा पनि निरन्तर राहत वितरण कार्य जारि रहने नगरपालिकाका सूचना अधिकारी खकेन्द्र बहादुर साेडारिले जानकारि दिनुभयो ।

यस्तै वडा नम्वर १ र २ मा राताहा सामाग्री पुगी सकेकाेले बैशाख २० गते राहत बितरण गरिने तथा वडा नम्वर ८, ९, १०, ११, १२ र १४ मा बैशाख २१ गते अाईतबार बितरण गरिने र बाँकी वडामा २२ गते बितरण गरि सक्ने लक्ष रहेकाे नगरपालिकाले जनाएको छ ।