मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्ष खनालद्धारा आफ्नो जन्मदिनमा वडाका १ सय ७ बालबालिकालाई स्कुले सामाग्री प्रदान

वडाध्यक्ष खनालद्धारा आफ्नो जन्मदिनमा वडाका १ सय ७ बालबालिकालाई स्कुले सामाग्री प्रदान


अछाम

पन्चदेवल बिनायक नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष तारा खनालले वडाका आर्थिक अवस्था कम्जोर भएका गरिब, अति बिपन्न, अपांग, (आमा बुबा मध्य ) कुनै एक गुमाएका बालबालिकालाई स्कुले सामाग्री प्रदान गर्नूभएको छ ।

वडाध्यक्ष खनालले आफ्नो जन्मदिनको अवसरमा १ सय ७ जनलाई स्कुल ड्रेस सर्ट र पाइटको कपडा हस्तान्त्रण गर्नुभएको हो ।

वडाको मालिका माबिका प्रधानाध्यपाकलाई उक्त सामाग्री हस्तान्त्ररण गर्दै बालबालिका लाई भर्ना संगै कपडा बितरण गरिदिन हुन अनुरोध समेत गरेका छन् ।

समाजसेवी समेत रहेका वडाध्यक्ष खनालले वडाका ८ वटा बिद्यालयका भाईबहिनिहरुलाई ३५ औँ जन्मदिनको अवसरमा फजुल खर्च गरेर जन्मदिन मनाउन भन्दा समासजेवा गर्नु उत्तम भएको भन्दै आफुले सहयोग गरेको बताए ।

नेपाली कांग्रेस अछामका युवा नेता समेत रहेका खनालले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरलाई केही राहत होस भनेर सहयोग गरेको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा समेत सक्रिय रहेका वडाध्यक्ष खनालले यस्तै विभिन्न समयमा समाजसेवी परोपकारी काम गर्दै आईरहनु भएको छ ।

अफ्नो वडामा रहेका घरपरिवालाई २६ सय मास्क बितरण गर्नुका साथै वडाका दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय घरपरिवारलाई राहतस्वरुप चामल, दाल, नुन, तेल, साबुन लगायत सामग्री समेत यसअघि बितरण गरेका थिए ।

साथै वडाध्इक्ष खनालले यसअघि स्थानीय स्वास्थ्य संस्था , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , निजि औसधी पसललाई समेत पिपिइ सतिका अत्यावश्यक स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएको बताइएको छ ।