अस्पतालका लागि स्थानिय स्तरमा परोपकारी मनहरुबाट सहयोग जुट्दै
पूर्ण बहादुर खड्का, अछाम ।
स्वास्थ्यमा बिदेशी पनिर्भरता पर्न नहुने भन्दै विभिन्न व्यक्तीहरुले बयालपाटा अस्पताललाई स्वतफुर्त रुपमा आर्थिक तथा स्वास्थ्य सामाग्री प्रदान गर्दै सहयोग गरिराख्नु भएको छ ।
बिदेशी पैसाले मात्रै दिर्घकालिन रुपमा स्वास्थ्य सेवा दिन नसकिने भन्दै स्थानिय सामाजिक परोपकारी व्यक्ती तथा विभिन्न संघसंसथाले बयालपाटा अस्पताललाई सहयोग गर्दै आईरहनु भएको छ ।
स्थानिय स्तरबाटै आर्थिक सहयोग अभिायन जुटिरहेका बेला एक जना निर्माण व्यावसायी दिल बहादुर रावलले बयालपाटा अस्पतालका लागि नगत रु २५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
दिल कन्टक्सन प्रा.ली. का संचालक समेत रहेका रावलले मंगलबार अस्पतालमै पुगेर रावलले नगद रुपयाँ बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनलाई हस्ताान्त्ररण गर्नुभएको छ ।

रकम हस्तान्त्ररण गर्दै समाजसेवी तथा निर्माण व्यावसायि रावलले बयालपाटा अस्पतालले सुदूरपश्चिम प्रदेशका अछाम सहित डोटी, बाजुरा तथा कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, दैलेख र कालिकोट सम्मका जनतालाई निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेकाले आफुले सहयोग गरेको बताए ।
अब अस्पतालको सेवा लाई दिगो रुपमा सञ्चालनका लागि बिदेशी सहयोगमा मात्र परनिर्भर नभई देश भित्रकै सबै सचेत नागरिकले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा रावलको जोड छ ।
बिदेशी सहयोग सधैँभरी नचल्ने र स्वदेशी सहयोग मार्फत नै अस्पतालको स्वास्थ्य सेवा दिगो हुने भन्दै अस्पतालले सबैलाई सहयोग गर्न अपिल गर्दै आईरहेको छ ।
दिर्घकालिन स्वास्थ्य सेवाका लागि स्थानिय स्तरबाटै सहयोग हुनुपर्ने : स्वास्थ्य सेवा निर्देशक डा. गौचन
अस्पतालको स्वास्थ्य सेवालाई दिर्घकालिन रुपमा संचालन गर्न अब संस्थाले रणनिति बनाएर अघि बढ्नुपर्ने र त्यसमा सबै तहको सहयोग आवश्यक रहेको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
एक दशक भन्दा बढी देखि निशुल्क रुपमा धेरै प्रकारका स्वास्थ्य दिदैँ आईरहेको बयालपाटा अस्पतालले हार्डजोर्नी, सल्यक्रिया लगायतका बिशेषज्ञ सेवा समेत निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ ।
स्वास्थ्यको भरोशाको केन्द्र बिन्दुका रुपमा यस क्षेत्रका जनताले बयालपाटा अस्पताललाई मानेको अवस्थामा संस्थालाई सहयोग गर्नु सबैको दायित्व जस्तै भएको छ ।
दिर्घकालिन रुपमा बयालपाटा अस्पतालको स्वास्थ्य सेवा कायम राख्न बिदेशीको सहयोग निरन्तर नहुने अवस्थामा स्वदेश भित्रै नागरिकले स्वतफुर्त रुपमा साथ सहयोग गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा गुणस्तरिय सेवा दिने बलियो खम्बाको रुपमा स्थापित बयालपाटा असपताललाई यस क्षेत्रका जनताले बरदान मानेको अवस्थामा सचेत नागरिकले यसबारे बु्झ्दै सहयोगका लागि निरन्तर पहल गर्नु नै अहिलेको अपरिहार्य आवश्यक्ता छ ।

आधुनिक प्रविधको विकास संगै डिजिटल रुपमा विकसित र संचालित बयालपाटा अस्पतालको बारेमा स्वास्थ्य प्रणालीको निति निर्माण तहमा कार्यरत मान्छे आएर अध्ययन गर्न लायक रहेको छ
यसर्थ बयालपाटा अस्पतालको स्वास्थ्य सेवाको दिगोपनाको लागि प्रत्यक नागरिक सहित स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारको समेत साथ र सहयोग आवश्यक रहेको स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
प्रतिक्रिया