मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँ सहित २ पक्राउ

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँ सहित २ पक्राउ


फाईल फोटो

काठमाडौं

खाली ट्रकमा नेपाल भित्रिएको एक करोड बढी भारतीय रुपैयाँसहित मोरङमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

भारतको सुपौलबाट नेपाल आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा रानीबाट सशस्त्र प्रहरीको टोलीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बरामद रकम मध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको र कार्टुनमा राखिएको अवस्थामा भेटिएको जानकारी दिए ।

लकडाउनको बेला अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक र सह–चालकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा चालक रवि कुमार र सहचालक पप्पुकुमार छन्। उनीहरुले बिराटनगरबाट डाइपर लगेर सिलुगुडी जाने भनेको डिआइजी श्रेष्ठले जानकारी दिए। बरामद गरिएको रकमसहित सबैलाई भन्सार कार्यालयमा बुझाइने श्रेष्ठले बताए।

लकडाउनको मौका छोपि तस्करले उक्त रकम भित्र्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।